तिलोत्तमा नगरप्रमुख खाँणद्वारा ॐ महिला तथा बाल अस्पतालको उद्घाटन

स्वास्थ्यसमाचार/  स्वस्थ, स्वच्छ र सभ्य समाज निमार्णका लागी राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनु पर्ने सरोकार वालाहरूले बताएका छन।तिलोत्तमामा खुलेको ॐ महिला तथा बाल अस्पतालको उद्घाटन कार्यक्रममा वोल्ने वक्ताहरुले कुनैपनि स्वास्थ्य उपचारको अभावमा मृत्यु बरण गर्नपर्ने अबस्थाको अन्त्य कालागी राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनु पर्नेमा जोड दिएका हुन । उदघाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाँणले भौतिक बिकास संगै मानविय बिकास जरुरी रहेकाले स्वास्थ्य र शिक्षाका क्षेत्रमा तिलोत्तमा लाई अगाडी बढाउने रणनीतिक हिसाबले अघि बढेको बताउनु भयो। नगरप्रमुख खाँणले तिलोत्तमा स्थापना भएकोे ॐ महिला तथा बाल अस्पतालको…

बर्षभरी स्वास्थ्य विमा उपचार नलिएकालाई नवीकरणमा १० प्रतिशत छुट

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमामा आवद्ध भएर पनि बर्ष भरिमा त्यसबाट उपचार सुविधा प्रयोग नगरेका बीमितहरुले अर्को बर्ष नवीकरण गर्दा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने भएका छन् । स्वास्थ्य बीमा बोर्डको गत २९ पुसमा बसेको बैठकले बीमामा आवद्ध भएका तर त्यसबाट उपचार सुविधा नलिएकाहरुको अर्को बर्ष नबीकरण गर्दा लाग्ने शुल्कमा १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।यो व्यवस्था कार्यान्वयनमा आउन भने केही समय लाग्ने बताइएको छ ।बोर्डले आफ्नो सफ्टवेरमा त्यस सम्वन्धी व्यवस्था मिलाउन पर्ने भएकोले केही समय लाग्ने भएको बताइएको छ । त्यसो स्वास्थ्य बीमा गरेर बर्ष भरीमा त्यसको प्रयोग नगरी…

स्वास्थ्य बीमा बोर्डको सहभुक्तानी प्रणाली लागु १० प्रतिशत शुल्क आफैंले तिर्नुपर्ने

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डले गरेको नयाँ व्यवस्था अनुसार आज माघ १ गते देखि १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने सह-भुक्तानी  प्रणालीको लागु भएको छ। बीमाबाट भुक्तानी हुने स्वास्थ्य सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम अबदेखि स्वास्थ्य सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्नेछ। अस्पतालबाट प्रदान गरिने बहिरंग सेवा, अन्तरंग सेवा, निदानात्मक सेवा, उपचारात्मक सेवा, शल्यक्रिया सेवा, फिजीयोथेरापी सेवा, पुनर्स्थापना सेवा आदिमा दश प्रतिशत सह-भुक्तानीको व्यवस्था लागु हुनेछ। तर नेपाल सरकारले निःशुल्क सेवा प्रदान गरेका कार्यक्रमहरु जस्तैः आमा सुरक्षा कार्यक्रम, बाल रोगको एकीकृत व्यवस्थापन कार्यक्रम, क्षयरोगको निदान तथा उपचार, कुष्ठरोगको निदान तथा उपचार,…

स्वास्थ्य बिमा बोर्डले माघ १ गते देखि सह-भुक्तानी प्रणाली लागू गर्दै

स्वास्थ्यसमाचार/स्वास्थ्य बिमा बोर्डले सह-भुक्तानी प्रणाली लागू गर्ने भएको छ ।बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी स्वास्थ्य बिमा बोर्डले १ माघदेखि सह-भुक्तानी प्रणाली लागू गर्ने जानकारी दिएको हो । यससँगै अब स्वास्थ्य बिमा गरेकाहरूले स्वास्थ्य सेवा लिँदा कुल खर्चको १० प्रतिशत रकम आफैले तिर्नुपर्नेछ ।स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा ऐन, २०७४ को दफा ७ को व्यवस्थाअनुसार सह(भुक्तानी प्रणाली सम्बन्धी कार्यविधि निर्माण गरेर १ माघबाट कार्यन्वयनमा ल्याउन लागेको हो । स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था, बिमित नागरिक र सरोकारवालाहरूलाई जवाफदेही र सचेत बनाउन कार्यविधि कार्यन्वयनमा ल्याउन लागिएको जनाएको छ । अब…

पाल्पा मिसन अस्पतालले भन्यो : ‘हामी बीमा बन्द गर्ने पक्षमा छैनौं, सम्झौता कार्यान्वयन भए लागु गर्छौं’

पाल्पा । पाल्पामा गत साउन २१ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको तानसेनस्थित युनाईटेड मिसन अस्पतालले बिमा बोर्डसँग गरेका सम्झौता कार्यान्वयन भए स्वास्थ्य बिमा कार्यक्रम लागु गर्ने बताएको छ । २४ औं वार्षिक साधारणको अवसरमा अस्पतालले सम्झौता अनुसार काम नहुँदा अस्पताल समस्यामा परेपछि सेवा बन्द गर्नु परेको बताउँदै आफुहरुसँग गरेको सम्झौता कार्यान्वयन भए पुनः सञ्चालन गर्ने पक्षमा रहेको स्पष्ट पारेको हो । युनाइटेड मिसन टु नेपाल मेडिकल एण्ड डेभलपमेन्ट ट्रष्टका अस्पताल सेवा निर्देशक युवराज आचार्यले बिमा बोर्डसँग गरेका सम्झौता कार्यान्वयन भए स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न अस्पताल तयार रहेको बताउनुभयो…

वाँकेमा सिकलसेलका बिरामीलाई प्रदेश सरकारद्धारा निःशुल्क बीमा

स्वास्थ्यसमाचार/लुम्विनी प्रदेश सरकारले सिकलसेल एनिमिया, बिटा थालेसिमिया र हेमोफिलियाका बिरामीहरुका परिवारलाई निःशुल्क बीमा कार्यक्रम सुरु गरेको छ । प्रदेश सरकारले बाँकेको राप्तीसोनारी गाउँपालिकाबाट निःशुल्क बीमा कार्यक्रम सुरु गरेको हो । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र सहरी विकास मन्त्री कृष्णा केसीले राप्तीसोनारी गाउँपालिका–३ का आरुस थारुलाई बीमा कार्ड हस्तान्तरण गरी बीमा कार्यक्रमको सुरुवात गर्नुभएको हो । सिकलसेलका बिरामीलाई उपचारमा थोरै भएपनि राहात होस् भन्ने उद्देश्यका साथ चालू आर्थिक वर्षदेखि प्रदेश सरकारले सिकलसेल, थालेसिमिया र हेमोफिलियाका बिरामीहरुका परिवारलाई निःशुल्क बीमा कार्यक्रममा जोड्न सुरु गरेको स्वास्थ्य मन्त्री खनालले बताउनुभयो । उहाँले…

बीमा क्षेत्रमा समस्या भए फुकाउँदै अघि बढ्न सकिन्छ :अध्यक्ष डा.लोहनी

स्वास्थ्यसमाचार /स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डाक्टर गुणराज लोहनीले बीमाको कभरेज बढाउनुपर्नेमा जोड दिए । उनले बीमा गर्नेको संख्या बढाउँदै लैजानुपर्ने भन्दै कसरी सहज हुन्छ त्यसरी नै काम गर्न सुझाव दिए । बुटवलमा स्वास्थ्य बीमा बोर्डले गरेको कार्यक्रममा बीमालाई माया गर्नुपर्ने र सकरात्मक सोच्नुपर्ने भन्दै अध्यक्ष लोहनीले बीमा क्षेत्रमा समस्या भए अप्ठ्यारो फुकाउँदै अघि बढ्न सकिने बताए । उनले अस्पतालहरुले बिरामी रिफर गर्दा रिफर गर्ने अस्पतालमा बिरामीका लागि सेवा छ की छैन भन्ने बुझेर मात्र गर्न सुझाव दिए । बीमा वोर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाले सबै प्रदेशमा बोर्डले समिक्षा गरिने…

अस्पतालको पुरानो संरचना, र दरवन्दीले सेवालाई प्रभावकारी वनाउन चुनौती :स्वास्थ्यमन्त्री खनाल

स्वास्थ्यसमाचार/ स्वास्थ्य विमाको पहुच बढाउदै लैजानुवर्नेमा जोड दिइएको छ । बुधवार बुटवलमा बीमा वोर्डले गरेको कार्यक्रममा सहभागिहरुले स्वास्थ्य बीमा कार्यक्रममले गरिब तथा पिन्न परिवारलाई ठूलो राहत मिलेको भन्दै बीमाको पहुच अझ बढाउदै लैजानुपर्नेमा जोड दिइएको हो । कार्यक्रममा वोल्दै प्रदेशका स्वाथ्यमन्त्री राजु खनालले विमाका कारण अस्पतालमा सेवाग्राही बढेपनि सेवा लिन धेरै समय लाइन उभिनुपर्ने, निशुल्क औषधी आर्थिक स्रोतको अभावले प्रयाप्त मात्रमा दिन सकिने अवस्था नरहेको बतायो। अस्पतालको पुरानो संरचना,पुरानो दरवन्दीले पनि सेवालाई प्रभावकारी वनाउन चुनौती रहेको मन्त्री खनालको भनाई छ ।   स्वास्थ्य वीमा लागु गरेका प्रदेशका विभिन्न अस्पतालले समयमै…

लुम्विनी प्रदेशमा ७९ प्रतिशत स्वास्थ्य विमाको पहुँच बाहिर

स्वास्थ्यसमाचार/स्वास्थ्य विमाको पहुँच बढाउँदै लैजानुपर्नेमा जोड दिइएको छ । बुधवार बुटवलमा बीमा वोर्डले गरेको कार्यक्रममा सहभागीहरुले स्वास्थ्य बीमा कार्यक्रमले गरिब तथा पिन्न परिवारलाई ठूलो राहत मिलेको भन्दै बीमाको पहुँच अझ बढाउँदै लैजानुपर्नेमा जोड दिइएको हो । कार्यक्रममा वोल्दै प्रदेशका स्वाथ्य मन्त्री राजु खनालले वीमाका कारण अस्पतालमा सेवाग्राही बढेपनि सेवा लिन धेरै समय लाइन उभिनुपर्ने, निशुल्क औषधी आर्थिक स्रोतको अभावले प्रयाप्त मात्रमा दिन सकिने अवस्था नरहेको बताए । अस्पतालको पुरानो संरचना, पुरानो दरबन्दीले पनि सेवालाई प्रभावकारी वनाउन चुनौती रहेको बताए ।स्वास्थ्य वीमा लागु गरेका प्रदेशका विभिन्न अस्पतालले समयमै रकम पाउन नसकेको…

लुम्बिनी प्रदेशमा २१ प्रतिशत जनसंख्या मात्र स्वास्थ्य बीमाको पहुँचमा

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा रहेको कुल जनसंख्या ५१ लाख २२ हजार ७८ मध्ये १० लाख ९२ हजार ६सय ७३ जना बिमीत भएका छन । बिमितहरू मध्ये ५ लाख २४ हजार ३ सय ८ पुरुष, ५ लाख ६७ हजार ३ सय १३ महिला, लैंगिक अल्पसंख्यक समुदायका १ सय १८ जना समावेश भएको स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख जनक बहादुर साउदले बताउनु भयो। स्वास्थ्य बीमा बोर्ड लुम्बिनीका प्रमुख  साउदका अनुसार कुल जनसंख्याको २१दशमलब ३३ प्रतिशतमात्र लुम्बिनीमा बिमीत भएको बताउनु भयो। उहाँले बीमामा समस्यै समस्या रहेको बताउनु भयो । के के अभाब रहेको छ…