स्वास्थ्य बीमाका कर्मचारीहरुको काजफिर्ता तत्कालका लागि रोकियो

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डमा कार्यरत कर्मचारीहरुको काजफिर्ता तत्कालका लागि रोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्री स्तरीय निर्णय गर्दै काज फिर्ता रोकेको हो । मन्त्रालयले सोमबार बोर्डलाई पठाएको पत्रमा ‘त्यहाँको सिफारिस एवं अनुरोध अनुसार खटाइएका कर्मचारीहरुलाई अर्को व्यवस्था नभएसम्म यथावत रुपमा काममा लगाउनु हुन यस मन्त्रालयको मन्त्रीस्तरको निर्णयअनुसार अनुरोध छ,’ भनिएको छ ।यो पत्र बाहिरिएसंगै स्वास्थ्यकर्मी तथा ट्रेड युनियनका प्रतिनिधिहरुले मन्त्रालयको पक्षपातपूर्ण नीति भएको टिप्पणी गरेका छन् । तर मन्त्रालयले भने निर्णयको बचाउ गर्दै अन्तरिम कालका लागि निर्णय गरिएको बताएको छ ।स्वास्थ्य सचिव देवकुमारी गुरागाईँले वीमा बोर्डमा आफ्नै कर्मचारी…

साउन २१ देखी विमा उपचार सेवा बन्द गर्दै मिशन अस्पताल तानसेन

स्वास्थ्यसमाचार/युनाइटेड मिसन अस्पताल तानसेन पाल्पाले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत हुने उपचार स्थगित गर्ने भएको छ। करोडौँ बक्यौता रकम नतिरेको भन्दै स्थागित गर्न लागेको हो। यही साउन २१ गतेदेखि यो कार्यक्रम स्थगित गर्न लागेको हो। १२ करोड ८३ लाख ४२ हजार ७७३ रुपैयाँ ८ पैसा बाँकी बक्यौता रहेको अस्पताल प्रशासक जीवन भट्टराईले बताए। उनका अनुसार विगत तीन वर्षदेखिको बाँकी बक्यौता रकम स्वास्थ्या बीमा बोर्डले दिएको छैन। करिब १९ करोड मध्ये गत असार मसान्तमा ५ करोड दिएको उनले बताए। ७ करोड बराबरको मूल्यांकन भएकोमा २ करोड ५ लाख बिल भरपाई अस्वीकृत गरी रकम…