चेतनाको बहिर्गमन, सधैंको द्रष्टा म :डा. शम्भु खनाल

समाज सुसंस्कृत र विकृत दुवै शिक्षा र चेतनाले हुने गर्दछ । संविधान उत्कृष्ट हुँदैमा भुइँ राम्रो हुन्छ भन्ने हुँदैन । जति व्यवस्था , संविधान फेरिएपनि भुइँ मान्छेको भुइँ सधै उस्तै रहन सक्छ । आर्थिक, सामाजिक र शैक्षिक छलाङ मार्न भुइँ छोड्नुपर्छ । जसले सबै छलाङ मारेर पनि भुइँ बिर्सिन्न , त्यो व्यक्ति वास्तविक नेताको पात्र हुन्छ । भुइँ बिर्सने व्यक्ति आफैंमा मस्तमगन हुन्छ ।जीवनको मूल्य पनि चेतनाले निर्धारण गर्दछ । चेतनास्तर उच्च भएको स्थानमा उपचार खोज्ने कार्य छिटो हुन्छ ।आकस्मिक कक्षको बाटो हुँदै ओ पि डि फर्किँदै थिए । मेरा…

मुटु तथा नसा रोगपछि मानिसको ज्यान लिने दोस्रो भयानक रोग–क्यान्सर

हालसम्म प्राप्त ज्ञान, सीप र प्रविधिले एक तिहाई क्यान्सर हुनु अगावै रोकथाम गर्न सकिने, अर्को एक तिहाई समयमै पत्ता लगाई उपचार गरी निको गर्न सकिने र बाँकी एक तिहाइलाई निको पार्न नसके पनि यस रोगबाट हुने पीडा कम गरी स्तरीय आयु लम्ब्याउन सकिन्छ । एक अध्ययनअनुसार महिलामा ६० प्रतिशत र पुरुषमा करिब ४० प्रतिशत क्यान्सरको कारक तत्व असन्तुलित भोजन नै हो । शुरुमा उपचार गरे क्यान्सर निको हुन्छ । तैपनि क्यान्सरबाट पाइने दुःख, हुने विकृति र विभिन्न समस्या तथा लाग्ने उपचार खर्चलाई सजिलैसँग नियन्त्रण गर्न सकिने भएकोले रोगको उपचार गर्नुभन्दा…

जाडो मौसममा देखिने स्वास्थ्य समस्या र समाधानका उपाय डा.पच्या

स्वास्थ्यसमाचार/काठमाडौँ उपत्यका सहित देशभर निकै चिसो अर्थात जाडो बढिरहेको छ । जाडो महिनामा प्राय स्वासप्रश्वास सम्वन्धी रोगहरु बढी देखिन्छ । तर, यहाँ बुझ्नु पर्ने कुरा यो छ कि चिसो मौसम अर्थात जाडो आफै रोग लाग्ने महिना होइन । बरु यो मौसम रोगहरु लगाउने जीवाणु तथा विषाणुहरु सक्रिय हुन अनुकुल हुन्छ । त्यसैले रोगहरु बढी देखिने हो । जाडोमा स्वासप्रस्वासका समस्या लिएर आउने समूहमा प्रायः जेष्ठ नागरिक र बच्चाहरु पर्ने गर्दछन् । त्यसको एउटा कारण चै उनीहरुको रोग संग लड्न सक्ने प्रतिरक्षा प्रणाली कमजोर हुनु हो । यो मौसममा शरीरको घाँटी…

किन जाडोमा दमका रोगीलाई गाह्रो हुन्छ : डा.पशुराम बिष्ट

स्वास्थ्यसमाचार/जाडोयाम लाग्ने बित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरूलाई असाध्यै गाह्रो हुन्छ । शारीरिक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरूलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो । चिसोबाट बच्न घरका झ्याल ढोका टम्म बन्द गरेर बस्नाले हामीले फ्याँक्ने कार्वनडाइअसाइड पर्याप्त रुपमा बाहिर निस्कन पाउँदैन र अक्सिजन पनि पाउन नसकिने भएकाले सामान्यतया दमको रोग भएकाहरूलाई गाह्रो हुने चिकित्सकको भनाई छ । जाडो भयो चिसो भयो भन्दैमा कतैबाट पनि हावा छिर्न नदिनेगरी बस्नु हुँदैन । ‘जाडो भयो, चिसो भयो भन्दैमा बाहिरबाट अक्सिजन छिर्नै नहुने गरी घरको…

किन खिइन्छ घुँडाको हड्डी ? कारण र उपचार :डा सुमन बहादुर मरहट्ठा

ओस्टियो आर्थटाइटिश घुँडा खिइने रोग आजको एक प्रमुख समस्या हो। घुँडा शरीरको एक महत्वपूर्ण जोर्नी हो। सामान्य रुपमा हिँड्डुल गर्न, उकालो–ओरालो हिँड्न र जस्तो सुकै शारीरिक व्यायाम गर्न पनि स्वस्थ घुँडा आवश्यक पर्छ। घुँडाले राम्रो सँग काम गर्न यसभित्र भएको एक महत्वपूर्ण भाग आर्टिकल कार्टिलेज स्वस्थ हुनु जरुरी हुन्छ। यदि कुनै पनि कारणले घुँडाभित्र रहेको आर्टिकल कार्टिलेज एक प्रकारको चिल्लो पदार्थ बिग्रेमा दुई वटा हड्डी एक आपसमा नजिक हुन्छन् र घोटिन थाल्छन्, जसलाई घुँडा खिइएको भनिन्छ । नेपालमा घुँडा खिइएको मानिसको संख्याको बारेमा कुनै ठोस तथ्यांक नभए पनि छिमेकी देश…

मृगौला रोगको एउटा गोठालो यात्रा: डा. शम्भु खनाल

मनुष्य जीवनको सार उद्देश्य बाँच्नु मात्रै हो वा कर्तव्य निर्वाह गर्नु हो ? सन्तुष्टिको मुल स्रोत कहाँ हुन्छ ? व्यक्तिको कुन अहम् पूरा भएपश्चात भागिरहने मन चङ्गा हुने हो ? त्यसैले त भनिन्छ, सन्तुष्टिको सिमा रेखा हुँदैन। त्यो रेखा मनले कोर्ने रेखा हो । लुम्बिनी प्रादेशिक अस्पतालको गेटमा एक जना अर्धबैंसे महिला थिलथिलिएको व्हिल चियरमा बसेका आफ्ना थलिएका श्रीमानलाई हतारहतार गर्दै भित्र प्रवेश गर्दै छिन् । त्यो दृश्यमा मेरा आँखा उनको च्यातिन लागेको चप्पल , रौनक हराएको चेहरा र उमेर नहुँदै जीर्ण भएका श्री पर्छ । उनको शरीर भर्खरै अगेनाको…

मृगौला रोगको एउटा गोठालो यात्रा: डा. शम्भु खनाल

मनुष्य जीवनको सार उद्देश्य बाँच्नु मात्रै हो वा कर्तव्य निर्वाह गर्नु हो ? सन्तुष्टिको मुल स्रोत कहाँ हुन्छ ? व्यक्तिको कुन अहम् पूरा भएपश्चात भागिरहने मन चङ्गा हुने हो ? त्यसैले त भनिन्छ, सन्तुष्टिको सिमा रेखा हुँदैन। त्यो रेखा मनले कोर्ने रेखा हो । लुम्बिनी प्रादेशिक अस्पतालको गेटमा एक जना अर्धबैंसे महिला थिलथिलिएको व्हिल चियरमा बसेका आफ्ना थलिएका श्रीमानलाई हतारहतार गर्दै भित्र प्रवेश गर्दै छिन् । त्यो दृश्यमा मेरा आँखा उनको च्यातिन लागेको चप्पल , रौनक हराएको चेहरा र उमेर नहुँदै जीर्ण भएका श्री पर्छ । उनको शरीर भर्खरै अगेनाको…

स्वास्थ्य समस्या र भ्रमहरु :डा. शम्भु खनाल

  स्वास्थ्य चेतना समाजको दर्पण हो, राज्यको सफलताको सूचक हो । स्वास्थ्य सम्बन्धी सहि विचार र चेतनाले स्वास्थ्य समस्याको निराकरण गर्न उल्लेखनीय भुमिका निर्वाह गर्छ । भ्रमको खेतीले रोग छिप्पिने, ढिला उपचार हुने र आर्थिक भार बढ्ने हुनाले केही स्वास्थ्यका समस्या र सो सम्बन्धी हाम्रो समाजमा व्याप्त भ्रमहरूलाई चिर्ने प्रयास गर्नु आवश्यकता हो । के मोटोपन रोग हो त ? मोटोपन एक्काइसौं शताब्दीको एउटा महामारीजस्तै हो । ” कस्तो खाइलाग्दो बच्चा रहेछ । “हाकिमजस्तै देखिएछ ” ” पेट नलागे कहाँ पत्याउँछन् त !” यस्ता वाक्यहरूले मोटोपनलाई प्रतिष्ठित बनाउने गरेको पाइन्छ…

भारत यात्राको एक झल्को मात्रै सिक्नु छ धेरै :डा शम्भु खनाल

सधैं चिकित्सकमात्र भएर कति बस्नु भनेर एकाएक घुम्ने योजनामा सामेल हुन पुग्छौं हामी । केही समय बिरामी भन्दा पर, अस्पताल भन्दा पर , आफ्नो वासस्थानभन्दा कतै पर । कसैले आफुलाई नचिन्ने स्थानमा भ्रमण गर्नु आफ्नो मनको नजिक हुनु हो । सबैबाट पर तर आफैं भित्र नजिक । यो नितान्त एउटा यात्राको वर्णन हो सम्झनाको लागि । धैर्यता र समयको अभावमा यस कथामा प्रवेश नगर्नुहोला । Bored भएमा कुनै क्षतिपूर्तिको व्यवस्था भने छैन । घुम्ने ठाउँको एकीन नहुनाले राम्रोसँग तयारी गर्ने कुरा पनि भएन । विदा पनि मिलाउन पर्यो । कता…

चिडियाको सकस – के चिकित्सक जिम्मेवार हुन् ? डा.शम्भु खनाल

चिडियाको सकसको अन्त्य आज सबै सकसको अन्त्य भयो ।  सबै पीडाको अन्त्य भयो ।  आफ्नै मनलेसम्म धोका दिएको संसारमा सबै दु:ख र पीडाको इति श्री भयो । चिडियाको अमर तर अकथित आत्मा चिडियाजस्तै उडेर शायद स्थानान्तरण गरेको हुनुपर्छ । चिडियाको पार्थिव शरिरबाट दिक्क भएर । उर्जाबिहिन मन र तङ्गिन नखोजेको शरीरको अवस्थामा आत्मा एक्लो परेछ शायद । त्यसैले प्राणवायु खिचेर तानेर आफैसँग लग्यो र छुट्कारा पायो १२७औँ दिनमा । निकै सकसका साथ छुट्कारा पायो तेस्रो पटकको अप्रेसन पश्चात । चिडियाको हारेको मन र कुपोषित शरीरले चिकित्सा शास्त्रका सबै प्रयासहरु बिफल…