सशस्त्र द्धन्द्धका घाईते अपाङ असक्तको निशुल्क उपचार लुम्बिनी प्रादेशीक अस्पतालमा

स्वास्थ्यसमाचार/ सशस्त्र द्धन्द्धका घाईते अपाङ असक्तहरुको निशुल्क औषधी उपचार लुम्बिनी प्रादेशीक अस्पतालमा बुटबलमा हुने भएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा लुम्बिनी प्रादेशीकअस्पतालको सहकार्यमा जानकारी दिने उदेस्यले कार्यक्रम सम्पन्न भएको हो। द्धन्दकालमा भएका १२ जिल्लाका सबै बिरामीलाई निशुल्क औषधी उपचार गरिने ब्यबस्था भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत नरबहादुर अर्यालले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख डा कृष्ण प्रसाद खनालले शसस्त्रद्धन्द्धका घाईते अपाङ असक्तहरुको निशुल्क औषधी उपचार गरिने बताए । खनालले भने द्धन्द्धकालमा गोली लागेका १ जनाको अप्रेशन केहि दिनमा गर्ने तयारी भएको बताए । अरु क्षेत्रबाट आएको सशस्त्र द्धन्द्धका घाईते अपाङ असक्तहरुको निशुल्क औषधी उपचार गरिने बताए ।

सम्बन्धित शिर्षक :