बाढी पहिरोमा औषधी तथा अन्य स्वास्थ्य सहयोगका लागि प्रदेश ५ मा तोकिए सम्पर्क व्यक्ति डा चौधरी

स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगातारको वर्षाका कारण आइरहेको बाढी पहिरोका कारण आउन सक्ने महामारी तथा आवश्यक पर्ने स्वास्थ्य सेवाको व्यवस्थापनका लागि सम्पर्क व्यक्ति तोकेको छ।

केन्द्रका प्रमुख चुडामणि भण्डारीद्वारा हस्ताक्षरित पत्रमा संघमा ४ जना र प्रत्येक प्रदेशमा एक/एक जना सम्पर्क व्यक्तिको नाम र नम्बर उल्लेख छ। प्रदेश ५ मा डा उमा शंकर चौधरी, लाई तोकेको छ ।

केन्द्रका प्रमुख चुडामणि भण्डारीले पहिरोका कारण आउन सक्ने महामारी तथा आवश्यक पर्ने स्वास्थ्य सेवाको व्यवस्थापनका लागि सम्पर्क व्यक्ति तोकीएको बताए ।डा चौधरी समाजीक बिकास मन्त्रालय प्रदेश नं ५ का स्वास्थ्य महाशाखा प्रमुख हुन ।

सम्बन्धित शिर्षक :