मन आन्तरिक इन्द्रिय हो, जो ज्ञानेन्द्रियबाट प्राप्त सूचनाका आधारमा प्रभावित हुन्छ । भावना, चाहना, स्वभाव, अनुभव, आवश्यकताको अनुभूति, विश्वास, संवेगात्मक अवस्थाको सयुँक्त रुप मन हो । मन कच्चा पदार्थजस्तो हुन्छ, जसलाई प्रशोधनको आवश्यकता हुन्छ ।यसर्थ मन राम्रो पनि हुन्छ र नराम्रो पनि हुन सक्छ।
समाजमा रहेर पनि असामाजिक तरिकाले जिवन आपनभईरहेको बेला संसारनै कोरोनाको त्रासले ग्रसित छ। कोरोना यसरी फैलिएको छ कि नियन्त्रणका हर कसरतहरु लाई हाम्मे हाम्मे परिरहेको छ। रोग नियन्त्रइकै लागि सरकारले लकडाउन जस्तो जटिल कदम चाल्न बाध्य भएको छ। तमाम जनजिवनले पनि सरकारको सो कदमलाई आत्मसाथ गरेका छन।
मानिसका हरेक पक्षहरु सामाजिक, सास्कृतिक, आर्थिक , मनोबैज्ञानिक तथा मनोसामाजिक हरेक पक्षहरु प्रभावित भएका छन।एकातिर आधारभूत आवश्यकताका आधारमा व्यक्तिका आफ्ना प्रारम्भिक चाहना हुन्छन् ।
उसका भावना, धारणा, निजी बुझाइ हुन्छन् । अर्कोतिर सामाजिक शैक्षिक संघ संस्थाहरुमा, समुदायमा औपचारिक, अनौपचारिक नियम प्रचलनहरु हुन्छन् । व्यक्ति र समाजबीचको यो दुई पक्षीय तथा बहुपक्षीय सम्बन्ध सामाजिक सम्बन्ध हो । सामाजिकीकरणको आधार पनि यही हो ।
मानिसहरु घरमै बस्न बाध्य छन , नोकरी स्थगित छन बैदेशिक रोजगारमा रहरेका हरुको अवस्था अस्तब्यस्त छ, ब्यापार ब्यबसाय ठप्प भएका कारण आर्थिक संकटले झेलिरहेको छ । ठुलो पुजी लगानी गरि संचालन गरिएका उध्योग कल कारखाना हरुमा खिया लाग्न शुरुभै सके ।बिधालय हरू बन्द छन, ब्यापार ब्यबसाय रोजगार ठप्प रहेकै कारणगृहणीलाई झन घरायसी काम ब्यबहारमा दवाव बढेको छ।
कोहि घर परिवारबाट टाढा छन भने कोहि परिवार संगै रहेर पनि सामाजिक रुपमा टाढा भएका छन । अनेकौ योजनाहरु तुहिएका एकलकाटे मानौ पिंजडाको चरीको जस्तो अवस्था छ।दिर्घ रोगीहरुको उपचारमा समस्या, दैनिक रुपमा सेवन गर्नुपर्ने औषधी ब्यबस्थापनमा कठिनाई, नियमित रुपमा परिक्षणका लागि अस्पताल सम्म पुग्नका लागि असुविधा, यि यावत कुराहरुले मानिसमा भित्रभित्रै मनोसामाजिक असरहरु पैदा हुन थालेका छन।
पर्यटन बर्ष २०२० लक्ष्य बनाएर गरिएका तयारी तथा लगानीहरु अत्यन्तै असोभनिय रुपले प्रभावित बनेका छन। यि पक्षहरुले गर्दा पनि मानिसहरुमा मनोरोग देखा पर्ने र आत्महत्या जस्तो अप्राकृतिक निर्णय लिन बाध्य हुने गरेको पाईन्छ।
लकडाउन लम्बिँदै जाँदा आत्महत्याका घटना पनि उल्लेख्य रुपमा बढ्दै गएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार लकडाउनको सुरुवाती दुई हप्तामा आत्महत्या दर दैनिक १६ जना थियो भने त्यसपछिका ४५ दिनमा दैनिक औसत १७ जनाले आत्महत्या गरेका छन्
हालै मात्र एउटा तथ्याङ्कले लेपालमा करिब ८७५ जनाले आत्महत्या गरेको देखाएको छ। जुन गत वर्ष भन्दा २०% ले बृदि भएको हो।प्रहरीको तथ्यांकमा लकडाउन सुरु भएको दिन चैत ११ देखि जेठ १० गतेसम्म ९ सय ६३ जनाले आत्महत्या गरेको देखिन्छर यो दर अझै बढ्नसक्ने कुरामा दूई मतनै छैन। सो को ब्यबस्थापन के हो भन्ने कुरा बिचार गर्नु जरुरी छ।
अमेरिकाको कोलम्बिया विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक युवल नेराईका अनुसार कोरोनाको प्रकोप मानसिक रूपमा कति दर्दनाक हुन्छ, अहिले भन्न गाह्रो छ । तर यसअघिका कुनै पनि महामारीभन्दा कोरोनाले दीर्घकालसम्म आघात पार्ने अनुमान उनको छ । यसबाट नेपालजस्तो अविकसित मुलुक नपिरोलिने कुरै भएन ।
‘लकडाउन जति लम्बियो, मानसिक रोगको मात्रा त्यति बढ्दै जान्छ । कोरोनाको संकट सकिएपछि पनि समस्या रोकिन्न, त्यसैले अहिल्यैबाट तयारी गर्नुपर्छआर्थिक क्षेत्रबाट ग्रसित हरुका लागि राहतको ब्यबस्था गरि बिभिन्न माध्यमहरु द्वारा मनोसामाजिक परामर्श सम्बन्धि हेल्प लाईनको प्रवन्ध गरे आत्महत्या गर्ने बाटो लाई अवस्य न्युनिकरण गर्न सकिन्छ।
अमेरिकाको न्युयोर्कमा कोभिड–१९ नियन्त्रण नहुँदै मानसिक परामर्श थालनी भएको छ । त्यहाँका गभर्नर एन्ड्री क्युमोले ६ हजार कर्मचारी नियुक्ति गरेका छन् । उनीहरू मनोवैज्ञानिक उपचारका लागि चौबीसै घण्टा निःशुल्क खटिरहेका छन् । अन्य देशले पनि मानसिक समस्या सामना गर्न गृहकार्य गर्दैछन भने नेपालमा पनि यसलाई प्राथामिकतामा राख्नुपर्ने देखिन्छ।
प्रहरी स्रोतका अनुसार लकडाउनका सुरुवाती दिनमा जबर्जस्ती करणीका घटनामा कमि आएको थियो भने लगभग डेढ महिनापछि भने दोब्बर भएको थियो। लकडाउन सुरु भएयता जेठ १० गतेसम्मको ६१ दिनमा मात्रै २ सय १४ वटा घटना प्रहरीमा दर्ता भएका छन् । प्रहरी स्रोतका अनुसार लकडाउनले प्रहरी कार्यालयसम्म नपुग्ने र घर वा समुदायभित्रै घटना लुकाउने सम्भावना बढी भएकाले यस्तो संख्या अझै उच्च हुन सक्छ ।
भवितव्यमा र सवारी दुर्घटनामा परी ज्यान गुमाउनेहरूको संख्या भने लकडाउनकै कारण उल्लेख्य रूपमा कमी आएको छ । सामान्य अवस्थामा औसत दिनमा ११ जनाले भवितव्यमा परी ज्यान गुमाउँथे । लकडाउनमा दिनमा आठ जनाको मृत्यु भएको छ । प्रहरीको तथ्यांकअनुसार चैत ११ देखि जेठ १० गतेसम्म भवितव्यमा परी ४ सय ५८ जनाले अर्थात् दिनमा औसत २ जनाभन्दा कमले ज्यान गुमाएका छन् ।
सामान्य अवस्थामा सवारी दुर्घटनामा परी दिनमा ६ जनाले ज्यान गुमाउँथे ।हाम्रो देशमा शारिरिक रोगीलाई हरेक प्रकारका उपचारका बिधिहरु उपलब्ध रहेका छन भने मानसिक रोगीको बर्गिकरण र ब्यबस्थापनमा खासै ठुलो गृहकार्य भएको छैन।
शाररिक भन्दा मानसिक रोगले अत्यन्तै भयाभह स्थिती निम्त्याउन सक्छ। शाररिक अस्वस्थताले प्राय ब्यक्तिगत रुपमा असुविधा ल्याउछ भने मानसिक रोगले सिंगो परिवार र समाजमा नै कोलाहल अवस्था निम्त्याउन सक्छ।
शाररिक अस्वस्थताले दिर्घकालिन असरहरु अत्पन्न गराउदछ भने मानसिक रोगले आपतकालिन निर्णय लिई आत्महत्या गर्ने बाटो रोज्न अग्रसर गराउदछ।त्यसकारण आत्महत्या कम गर्नका लागि मानसिक रोग न्युनिकरण गर्नु अत्यन्तै जरुरी हुन्छ।मनोसामाजिक परामर्शकर्ताहरु परिचालन गरि मनोसामाजिक परामर्श प्रदान गर्न सक्यो भने यसलाई अवस्य न्युनिकरण गर्न सकिन्छ।
व्यक्तिको मन मष्तिस्क र भौतिक, सामाजिक वातावरण बीचको सम्बन्ध राम्रो भएन भने बालक वा व्यक्तिको सामाजिकीकरणमा नकारात्मक प्रभाव पर्छ र सामाजिक समस्या उत्पन्न हुन्छ । मनोसामाजिक समस्याको कारणको खोजी गर्नु मनोसामाजिक विमर्श हो ।रोगको पहिचान नभएसम्म उपचार सम्भव नभए जस्तै मनोसामाजिक समस्याको पहिचान बिना परामर्शको चरणमा प्रवेश गर्न सकिँदैन ।
समस्यामा परेको व्यक्तिलाई सम्मानपूर्वक व्यवहार गर्दै सकारात्मक धारणा निर्माणमा मद्दत गर्ने, समस्या जटिल हुन नदिन सजग बनाउने, निराश हुनवाट बचाउने, निर्णय गर्न सहज पारिदिने, ऊ भित्रका क्षमताहरुलाई प्रशंसा गर्दै परिचालन गर्ने, आत्मविश्वास वढाउँदै परिस्थितीसँग समायोजित हुन सक्ने र सामना गर्न सक्ने बनाउनु नै परामर्श सेवा हो ।
परामर्श सेवा अत्यन्तै मनोवैज्ञानिक काम हो र तत्सम्बन्धी सीप भएको विज्ञबाट मात्र सम्भव हुन्छ । परामर्श लिन चाहनेलाई मात्र प्रदान गरिने सेवा हो । व्यक्तिको इच्छा विपरीत परामर्श सफल हुन सक्दैन ।परामर्श दिने मानिस समाजमा विश्वास प्राप्त मानिस, नैतिक गुणहरु राम्रो छ भन्ने मानिएको व्यक्तित्व हुनु पर्दछ ।
सबै खालको परामर्शमा गोपनियताको सुनिश्चितता हुनुपर्दछ । आवश्यकताअनुसार चुनौती दिने, परिवर्तनको लागि उत्साह दिने, थुप्रै उदाहरणहरु प्रस्तुत गर्ने, मार्गनिर्देशन गर्ने र आवश्यक परे हपार्ने क्षमता पनि परामर्शदातासँग हुनु आवश्यक छ ।
सामूहिक परामर्श सेवा सञ्चालन गर्दा व्यक्तिगत भिन्नतालाई ध्यान दिने , परामर्शको अन्त्यमा द्विपक्षीय मूल्यांकन गर्ने र गोप्यताका साथ अभिलेख राख्ने, परामर्श लिनेलाई पनि गोप्यताको महत्वमा ध्यान दिने सल्लाह दिनेखालको हुनुपर्दछ।
हाल अति आवस्यक रुपमा यथासिघ्र एका तर्फ सामाजिक संजाल साथै आम संचारका माध्यमहरुको प्रयोग गरि मनोसामाजिक परामर्शका कार्यक्रमहरुलाई अगाडी बढाउन जरुरी छ भने अर्को तर्फ प्रत्येक क्वारेण्टाइन स्थलहरुमा मनोसामाजिक परामर्शकर्ता लाइ परिचालन गरि दैनिक रुपमा मनोसामाजिक परामर्श प्रदान गर्नुपर्ने आवस्यकता रहेको छ।
अस्थाई समस्याको स्थाई समाधानको रुपमा आत्महत्या जस्तो क्रुर कदम रोज्नु अत्यन्तै गलत कार्य हो यसलाई हरेक सरोकारवाला पक्षहरुले निरुत्साहित पार्नु जरुरी हुन्छ।
सरस्वती भण्डारी त्रि वि बाट मानव शास्त्र बिषयमा स्नाकोत्तर
प्रतिकया दिनुहोस्