पत्रकारलाई ओैषधी व्यवसायी संघ रूपन्देहीद्वारा स्वास्थ्य सामाग्री

पत्रकारको स्वास्थ्य सुरक्षाका लागि मास्क, स्यानिटाइजर र पन्जा प्रदान

स्वास्थ्यसमाचार /कोरोना भाइरसको महामारीले विश्वलाई आक्रान्त पारिरहेका बेला पनि फिल्डमा खटिएका रूपन्देहीका पत्रकारलाई ओैषधी व्यवसायी संघ रूपन्देहीले स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

सरकारले घोषणा गरेको लकडाउनका कारण सबैजसो नेपालीको दैनिकी घरभित्रै सिमित भैरहँदा समेत दिनरात आफ्नो कर्तव्य पुरा गरिरहेका पत्रकारको स्वास्थ्य सुरक्षाका लागि संघले मास्क, स्यानिटाइजर र पन्जा प्रदान गरेको हो ।

संघले दैनिक रिपोर्टिङको लागि फिल्डमा नगई नहुने एकसयजना पत्रकारको लागि पुनः प्रयोग गर्न सकिने मास्क सेनिटाईजर र पन्जा वितरण गरेको हो ।
बुधवार बुटवलमा आयोजित कार्यक्रममा ओैषधी व्यवसायी संघका अध्यक्ष सुरज भट्टराइले सामाग्री प्रदान गर्दै जोखिम मोलेर फिल्डमा खटिएका पत्रकारहरुका लागि नियमित स्वास्थ्य परीक्षण, सुरक्षा उपकरणहरूको उपलब्धता अनिवार्य हुनुपर्ने बताए ।

उनले कोरोना महामारी र लकडाउनका बेला संघले विभिन्न क्षेत्रमा सहयोग गरेको वताए ।पत्रकारहरु आफ्नो स्वास्थ्यलाई समेत जोखिममा राखी नागरिकलाई सुशुचित गर्ने काममा निरन्तर खटीईरहेको उल्लेख गर्दै आगामी दिनमा पनि आफ्नो जिम्मेवारी निर्वाह गर्न भट्टराईले आग्रह गरे ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :