रूपन्देही–३ मा रासपाका डा.लेखजंग २६हजार मतसहित अग्रस्थानमा

स्वास्थ्यसमाचार रूपन्देही–३ मा जारी प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. लेखजंग थापाले उल्लेख्य अग्रता बनाएका छन्। हालसम्मको मतपरिणामअनुसार डा. थापाले २६ हजार २७३ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङ्गले ३ हजार ७९४ मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार बासुदेव घिमिरेले ३ हजार ५४८ मत ल्याएका छन्।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका गौरव बोहराले २ हजार ९२३ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका फैज अहमद खाँले ७२० मत पाएका छन्।

नागरिक उन्मुक्ति पार्टी (एकल चुनाव चिन्ह) की उम्मेदवार नन्दकुमारी थापाले ३५९ मत ल्याउँदा राष्ट्रिय जनमुक्ति पार्टीका मोजीब अली मुसलमानले ३०४ मत प्राप्त गरेका छन्।

मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। रूपन्देही–३ मा अन्तिम परिणाम आउन अझै केही समय लाग्ने अनुमान गरिएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :