लुम्बिनी आयुर्वेद चिकित्सालयमा १,०६५ बालबालिकाले पाए ‘स्वर्णविन्दु प्राशन’

स्वास्थ्यसमाचार/ बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालयमा आइतबार १,०६५ जना बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइएको छ। चिकित्सालयले दिएको जानकारी अनुसार, माघ १८ गते तेस्रो चरणमा सञ्चालन भएको यस कार्यक्रममा बालबालिकाको स्वास्थ्य, रोग प्रतिरोधात्मक क्षमता वृद्धि, हड्डीको विकास र मानसिक स्वास्थ्य सुदृढ बनाउने उद्देश्यका साथ प्राशन गराइएको हो।

लुम्बिनी आयुर्वेद चिकित्सालयकी प्रमुख डा. कलाबती विश्वकर्मा ले बालबालिकाको ठूलो भिड भएकोमा खुसी व्यक्त गर्दै स्वर्णविन्दु प्राशन प्राकृतिक आयुर्वेदिक तत्वहरूको संयोजनले स्वास्थ्य सुधारमा सहयोग पुग्ने भएकाले अभिभावकहरूले आफ्ना बालबालिकालाई अवश्य खुवाउन आग्रह गर्नुभयो।

डा. विश्वकर्माले भन्नुभयो, “स्वर्णविन्दु प्राशन नियमितरूपमा सञ्चालन हुँदै आएको छ र यसले बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा दीर्घकालीन लाभ पुर्‍याउँछ।” चिकित्सालयले आगामी दिनमा पनि यो कार्यक्रम नियमितरूपमा सञ्चालन गर्ने योजना बनाएको  बताउनु भयो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :