स्वास्थ्यसमाचार/ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा श्याम लम्साल नियुक्त भएका छन्। कुलपति स्तरीय निर्णय गर्दै प्रतिष्ठानका रजिष्टर लम्साललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो।
उनले निमित्त उपकुलपतिको पत्र समेत बुझिसकेका छन्। उक्त पत्रमा अर्को उपकुलपति नियुक्त नहुँदासम्म प्रतिष्ठानको काम कारबाही सुचारु राख्न लम्साललाई निमित्तको जिम्मेवारी दिइएको उल्लेख गरिएको छ।
उनलाई शैक्षिक, आर्थिक र प्रशासनिक अधिकार सहित निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको प्रतिष्ठानले जनाएको छ।

प्रतिकया दिनुहोस्