स्वास्थ्यसमाचार/ नागरिक उन्मुक्ति पार्टी नेपालका महासचिव डा उमाशंकर चौधरी रुपन्देही क्षेत्र नं १ बाट उम्मेदवार बन्ने भएका छन् ।
लामो समय स्वास्थ्य सेवामा रहेका उनी यसअघि रुपन्देही ३ को उपनिर्वाचनको तयारीका समयमा त्यहाँबाट तयारी गरेका थिए तर त्यो बीचैमा रोकिएपछि अहिले उनले रुपन्देही १ मा तयारी गरेका हुन् ।
उनी यसअघि थारु आयोगको सदस्य बनेका थिए । तर रुपन्देहीमा उपनिर्वाचनमा उनको उम्मेदवारी निश्चित भएपछि भदौ २२ मा राजीनामा बुझाएर बसेका थिए । नाउपाका संरक्षक रहेका रेशम चौधरीले त्यो समयमा रुपन्देही आएर थारुको छोरा डाक्टर बनेको र उसैलाई उम्मेदार बनाउने घोषणा गरेका थिए ।
रुपन्देही १ मा आफूले निर्वाचन केन्द्रीत रहेर चुनावी तयारी गरेको चौधरीले जनाए । ‘पार्टीको महासचिव छु, विभिन्न जिम्मेवारी छन् तर मलाई रुपन्देही १ मा चुनावी तयारीका लागि जिम्मेवारी दिइएपछि यतै लागेको छु’ उनले भने ।
लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख, संवैधानिक थारू आयोगको सदस्य पदबाट राजीनामा दिएर राजनीतिक क्षेत्रमा प्रबेश गरेको उनले बताउँछन् । पार्टीका संरक्षक रेशम चौधरीमार्फत सो यो पार्टीले जातो र चकिया चुनाव चिन्ह लिएर लड्ने भएको छ ।

प्रतिकया दिनुहोस्