नेपाल मेडिकल काउन्सिलमा नयाँ नेतृत्व, उपाध्यक्षमा डा.कुञ्जाङ शेर्पा

सदस्य पदमा आठ जनाको विजयी बाजी

स्वास्थ्यसमाचार/नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष पदमा डा कुञ्जाङ शेर्पा विजयी भएका छन् ।उनले उपाध्यक्ष पदका आफ्ना प्रस्तिस्पर्थी डा गुरुशरण साहलाई ८८४ मतले पराजित गर्दै उपाध्यक्ष पदमा बिजयी भएका हुन् ।

निर्वाचन समितिका अनुसार डा शेर्पाको पक्षमा ५२३४ मत परेको थियो भने उनका निकटतम प्रतिस्पर्धी डा साहले ४३५० मात्रै प्राप्त गरे । नव निर्वाचित डा शेर्पा वीर अस्पतालका मुटुरोग विशेषज्ञ हुन् ।

उपाध्यक्षका अर्का उम्मेदवार डा अजयसिंह थापाले १८४४ मत प्राप्त गरेका छन् ।यस्तै आठ जना सदस्य पदका लागि ३३ जना उम्मेद्धार भएका मध्ये डा छविलाल पन्थीले ४८५७ मत सहित विजयी भएका छन् । दोस्रो स्थानमा डा सारिका गोइत ४४७९ मतका साथ विजयी भएकी छन् । निर्वाचनबाट डा दीपेन्द्र पाण्डे ४०१५ मतका साथ साथ विजयी भएका छन् ।

यसैगरी डा युविनकुमार यादव ३६२८ मतका साथ विजयी भएका छन् । डा अस्मिता पोखरेल ३४०४ मतका साथ विजयी भएकी छन् । यस्तै डा सम्राट पराजुली ३२८२ मतका साथ विजयी भएका छन् । डा निना राई ३१११ मतका साथ विजयी भएकी छन् । यसैगरी डा रविन बस्नेत ३०७२ मतका साथ विजयी भएका छन् ।

यस निर्वाचनका लागि काउन्सिलले काठमाडौँ उपत्यका सहित देशभर २१ वटा निर्वाचन केन्द्र तोकेको थियो । उपत्यका बाहिरका १८ वटा केन्द्रमा ४ देखि ६ पुससम्म र उपयत्यका भित्र गत ११ र १२ पुसमा निर्वाचन भएको थियो ।

प्रमुख निर्वाचन अधिकारी प्राडा रविन्द्रमान श्रेष्ठले निर्वाचन र मतगणना कार्य शान्तिपूर्ण र सहज ढंगबाट सम्पन्न भएको भन्दै यसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :