लुम्बिनी प्रादेशिक अस्पतालमा प्रतिक्षित एमआरआई मेशिन जडान सुरु

२ महिनाभित्र एमआरआई सेवा सुरु गर्ने लक्ष्यसहित जडान कार्य तिव्र गतिमा : डा. ढकाल

स्वास्थ्यसमाचार/  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लामो समयदेखि प्रतिक्षित एमआरआई मेशिन जडानको काम सुरु भएको छ ।

अस्पतालमा एमआरआई मेशिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयरले मेशिन जडानको कामलाई धमाधम अघि बढाएको छ ।मेसिन जडान गरी आगामी २ महिना भित्रमै सेवा सूचारु गर्ने लक्ष्यसहित तिब्रताकासाथ जडानको काम भैरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले वताउनु भयो ।

लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा जडान गर्न लागिएको एमआरआई मेशिन सञ्चालन भएसँगै यस क्षेत्रका सेवाग्राहीलाई निजी अस्पतालहरुमा गएर मङ्गोमा सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुने मेसु ढकालले बताउनु भयो ।

‘करिब १२ करोड लागतमा जडान गर्न लागिएको एमआरआई मेशिन सञ्चालन भएसँगै जनताले अति न्यून शुल्कमा सेवा लिन पाउने छन् ।’–उहाले भन्नु भयोे, ‘विगत ५ वर्षदेखि प्रदेश सकारले गर्दै आएको प्रयासले बल्ल अहिले साकार रुप प्राप्त गर्न लागेको छ ।’

ओपीडी सेवा तर्फ वार्षिक करिब ४ लाख जनताले सेवा लिने यस अस्पतालमा लुम्बिनी प्रदेशका अधिकांश जिल्ला तथा छिमेकी प्रदेशहरुबाट समेत गरी ३० लाख जनसङ्ख्या यसको सेवाक्षेत्रभित्र रहेका छन् ।

अस्पतालमा यही कार्तिक १७ गतेदेखि मेशिन जडानको काम सुरु भएको हो । आगामी मंसिरको अन्तिमसम्म जडानको सम्पूर्ण काम सक्ने लक्ष्यसहित तिब्रताकासाथ काम भैरहेको निर्यातकर्ता कम्पनी लुम्बिनी हेल्थ केयरका इन्जिनीयर राजु चौधरीले वताउनु भयो ।

‘यही कार्तिक १० गते मेशिन झारिए पनि चाइनाबाट प्राविधिक टोली आउन ढिका गरेका कारण एकसातापछि जडानको काम सुरु गरेका छौं ।’–चौधरीले भन्नु भयोे, ‘अहिले चाइनाका दुई जना प्राविधिक टोलीको निगकारीनामा जडानको काम धमाधम भैरहेको छ ।’

हालसम्म आरएफ क्याविनेटतर्फ करिब ८० प्रतिशत तथा टेक्निकल रुममा पनि सोही अनुपातका काम सम्पन्न भएको इन्जिनीयर चौधरीले बतउनु भयो । यसैगरी अब्जरभेसन रुम (कन्सल रुम)को काम पनि अघि बढेको उहाले बताउनु भयो । मेशिन जडानका लागि प्राविधिकहरु दैनिक १२ घण्टा खटिने गरेको इन्जिनीयर चौधरीको भनाई छ।

लुम्बिनी प्रदेशकै ठूलो यस अस्पतालमा थप उपकरणहरु जडान तथा सेवालाई गुणस्तर बनाउनका लागि अस्पताल बिकास समितिले पहल गर्दै आएको अध्यक्ष अजयमान श्रेष्ठले बताउनु भयो

अस्पतालमा एमआरआई मेशिन जडानसँगै नयाँ सिटीस्क्यान मेशिन गरिदका लागि प्रक्रिया अगाडि बढाउन लागिएको मेसु ढकालले वताउनु भयो । हाल अस्पतालमा रहेको मेशिन पुरानो र बारम्बार विग्रिने समस्या भएकाले संघीय सकारको आर्थिक लगानीमा नयाँ मेशिन खरिद प्रक्रिया अघि बढाउन लागिएको ढकालको भनाई छ ।

अस्पतालमा हाल रहेको ७ वर्ष पुरानो १६ स्लाइसको मेशिनको ठाउँमा १२८ स्लाइसको कार्डियाक्ससिटी जडान गर्न लागिएको डा ढकालले बताउनु भयो ।यो मेशिन जडान भएको अवस्थामा मुटुको स्क्यान पनि गर्न सकिने भएकाले उपचारमा थप गुणस्तर र सहज हुने वताउनु भयो।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले अब यो एमआरआई मेशिन जडान भएपछि उपचामा सहज र सस्तो हुने बताउनु भयो । प्रदेश सरकार स्वास्थ्य क्षेत्र सहज र सुलब बनाउन लागी परेको बताउनु भयो ।

सम्बन्धित शिर्षक :