“मनोसामाजिक तथा मानसिक स्वास्थ्यसम्बन्धी ६ दिने तालिम समापन”

मानसिक समस्या बढ्दो क्रममा छ यसले बिरामी मात्र होइन, परिवार र समुदायलाई समेत प्रभावित पार्छ :निर्देशक कुबँर

स्वास्थ्यसमाचार /रुकुमका नर्सिङ कर्मचारीहरूलाई लक्षित गरी मनोसामाजिक तथा मानसिक स्वास्थ्यसम्बन्धी ६ दिने तालिम समापन भएको छ। स्वास्थ्य तालिम केन्द्र बुटबलको आयोजनामा र नेपाल जागरण मञ्च रुकुमको सहकार्यमा सञ्चालन भएको यो तालिम मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सुरु गरिएको हो।

स्वास्थ्य तालिम केन्द्र बुटबलका निमित्त निर्देशक भुवन कुबँरको अध्यक्षता तालिम केन्द्रका जनस्वास्थ्य प्रशासक शिब सार्कीको बिशिष्ट आतिथ्य तथा मनोरोग विषेशज्ञ बिनोद पौडेल नेपाल जागरण मञ्च रुकुमका सचिब दिपेन्द्र महतरा लगायतको आतिथ्यमा तालिम समापन गरिएको थियो ।

“समापन कार्यक्रममा सहभागिताको तर्फबाट बोल्दै श्रृजना बुढाले तालिम उपलब्धीमूलक र कार्य गर्नका लागि सहज भएको बताउनु भयो । स्वास्थ्यकर्मीलाई बेला–बेलामा नयाँ तथा पुनर्जागरणात्मक तालिम दिनु आवश्यक रहेको समेत बताउनु भयो ।“

मनोविद् विनोद पौडेलले मानसिक स्वास्थ्य सेवालाई समुदायमा प्रभावकारी बनाउन स्थानीय तहमार्फत नर्सहरूलाई तालिम दिनु महत्वपूर्ण रहेको बताउदै यो तालिमले उहाँहरुलाई यो क्षेत्रमा का मगर्नको लागी केहि भएपनि सहजा हुने बताउनु भयो ।उहाले मानसिक स्वास्थ्य समस्या केवल औषधिले मात्र समाधान नहुने भन्दै दीर्घकालीन रुपमा सचेतना अभिवृद्धि नै सबैभन्दा प्रभावकारी हुने बताउनु भयो।

“त्यसैगरी, नेपाल जागरण मञ्च रुकुमका कार्यकारी निर्देशक रुकुम टमाटाले रुकुममा मानसिक स्वास्थ्य क्षेत्रमा कार्यक्रम सञ्चालनमा आफ्नो संस्था सक्रिय रहेको उल्लेख गर्नु भयोे।

उहाले ग्रामीण क्षेत्रमा मानसिक स्वास्थ्यबारे चेतना जगाउने, शिविर सञ्चालन गर्ने तथा विद्यालयस्तरमा सचेतना कार्यक्रम सञ्चालनजस्ता गतिविधि गर्दै आएको जानकारी गराउनु भयो ।“ टमाटाले यो तालिमले स्वास्थ्यकर्मीलाई मनोसामाजिक तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या समाधान गर्न केहि राहत मिल्ने बताउनु भयो ।

समापन समारोहमा वोल्दै अध्यक्ष तथा स्वास्थ्य तालिम केन्द्रका निर्देशक भुवन कुबँरले मानसिक स्वास्थ्य चुनौतीका रूपमा रहेको र स्वास्थ्यकर्मी हरूको सक्रिय भूमिका अपरिहार्य रहने बताउनु भयो । उहाले मानसिक समस्या शारीरिक रोगभन्दा कम खतरनाक नभएको भन्दै समयमै पहिचान, उचित परामर्श र उपचारले मानिसलाई सामान्य जीवनमा फर्काउन सकिने भएको बताउनु भयो ।

यो कार्यको लागी ६ दिने तालिम महत्पूर्ण भएको बताउनु भयो ।निर्देशक कुबरले भन्नु भयो “मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा छ।यसले केवल बिरामी व्यक्तिलाई मात्र होइन, परिवार र समुदायलाई समेत प्रभावित पार्छ। त्यसैले स्वास्थ्यकर्मीहरूले नजिकबाट बुझ्ने, प्रारम्भिक उपचार दिने र आवश्यक परामर्श तथा सिफारिस गर्ने काममा अग्रसर हुनुपर्छ।”

कुबरले  यसमार्फत तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले समुदाय स्तरमै मानसिक स्वास्थ्य सेवाको पहुँच पुर्याउन सहयोग गर्ने अपेक्षा गरिएको उहाँको भनाई छ ।“मानसिक स्वास्थ्य समस्या बोल्दा मात्र समाधान हुँदैन, यसको लागि व्यावसायिक तालिम र स्वास्थ्यकर्मीको निरन्तरताले निमुल बनाउन सकिने कुबरले बताउनु भयो ।”

तालिममा रुकुमका १२ जना नर्सहरु सहभागिता रहको थियो ।तालिमको सञ्चालन तालिम केन्द्रका नसिङ निरिक्षक सबिता ज्ञवालीले गर्नु भएको थियो ।

 

सम्बन्धित शिर्षक :