जेनजी प्रदर्शन:लुम्बिनी प्रदेशका स्थानीय तहका खोप भन्डारमा क्षति, खोप सेवा अवरुद्ध

स्वास्थ्यसमाचार / जेनजी प्रदर्शनका क्रममा जलेर क्षति भएका लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानिय तहमा रहेका खोप तथा कोल्ड चेन साइटहरूमा संरचनागत क्षति पुगेको छ।

प्राविधिक प्रतिवेदन अनुसार बाँके, रुपन्देही, दाङ, कपिलवस्तुको शिवराज, नवलपरासी पश्चिमको प्रताबपुर र बर्दियाको मधुवन स्थानिय तहका खोप केन्द्रहरू आंशिक वा पूर्णरुपमा क्षतिग्रस्त बनेका छन्।

बाँकेको नेपालगञ्ज र कोहलपुर, रुपन्देहीको बुटवल, दाङको तुलसीपुर, कपिलवस्तुको शिवराज, नवलपरासी पश्चिमको प्रतावपुर र बर्दियाको मधुवनमा रहेका कोल्ड चेन साइटहरू पूर्णरुपमा वा आंशिकरुपमा क्षति पुगी खोप आपूर्ति कार्य पूर्णरुपमा प्रभावित भएको त्यहाँका कार्यालयहरुले जनाएका छन ।

अहिले ती जिल्लामा रहेका खोप सेक्शन रुम तथा भ्याक्सिन सब–सेन्टर नचल्दा खोप वितरण र भण्डारण प्रणाली ठप्प भएको छ। संरचना भत्किँदा कोल्ड चेन उपकरणमा समेत क्षति पुगेको लुम्बिनी प्रदेशको स्वास्थ्य आपुर्ति केन्द्रको प्रतिवेदनमा उल्लेख छ।

आपुर्ति केन्द्रका निर्देशक डा राजेन्द्र गिरीले पालिकामा भएका मेडिकल स्टोरमा क्षतिको कारण ओषधि तथा सो जन्य सामग्री आपूर्तिमा असर पारेको वताउनु भयो ।जिल्लाको स्वास्थ्य कार्यालय र अस्पतालमा आन्दोलनका कारण कुनै असर नपरेको बताउनु भयो ।

उहाँले कार्यालयहरूले तत्काल वैकल्पिक व्यवस्था गरी खोप भण्डारण र वितरणलाई निरन्तरता दिने तयारी थालेको डा गिरीले बताउनु भयो ।

सम्बन्धित शिर्षक :