बुटवलमा डा.कपिलमणि केसीले गरे जटिल हिप जोर्नी प्रत्यारोपण

स्वास्थ्यसमाचार १५/ २० वर्ष अगाडि सम्म जोर्नी प्रत्यारोपण सर्जरी राजधानीका सीमित अस्पतालहरूमा मात्रै गरिन्थ्यो, त्यो पनि फाट्टफुट्ट रूपमा। अहिले भने नेपालका विभिन्न अस्पतालहरूमा नियमित रूपमा जोर्नी प्रत्यारोपण अपरेशन हुने क्रम तीव्र गतिमा बढेको छ।

अनुसन्धानहरूले जोर्नी प्रत्यारोपणलाई सबैभन्दा कठिन शल्यक्रियामध्ये एक मानिएको छ ।अस्पतालहरुमा अझै धेरै बिरामीहरूमा यसको सफलताप्रति शंका  गर्ने गरेको पाइन्छ। आवश्यक भए पनि धेरै बिरामीहरू अझै पनि अपरेशन गर्न हिच्किचाइरहेका देखिन्छन।

तर, पछिल्लो समय राजधानीबाहिर पनि जोर्नी प्रत्यारोपण सेवाको विस्तार हुँदै गएको छ। बुटवलस्थित मर्सिसिटी अस्पतालमा हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ डा. कपिलमणि केसीले विगत दुई वर्षदेखि यो सेवा सुरु गर्नु भएको छ ।

हालै, डा केसीको नेतृत्वमा मर्सिसिटी अस्पतालमा जटिल प्रकारको हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न भएको छ।  जसमा हिप जोर्नीको एउटा भाग (एसिटाबुलम)मा हड्डी राखेर जोर्नी प्रत्यारोपण गरिएको हो । अपरेशनमा डा. समिर आचार्य (एनेस्थेसिया) तथा क्रिटिकल केयर, डा. प्रविन शाही(फिजिसियन) , डा. निशान्त बाँस्कोटा ( सहायक सर्जन )लगायतको टिम सहभागी थियो।

डा. केसीले बेलायतबाट एफआरसीएस र अमेरिकाबाट एफएसीएसको उपाधि प्राप्त गर्नु भएको छ  भने चीनको पेकिङ विश्वविद्यालयबाट जोर्नी प्रत्यारोपणमा फेलोशिप पनि लिएको बताउनु भयो। उहाले काठमान्डौमा रहेको निजामती कर्मचारी अस्पतालमा एक हजारभन्दा बढी जोर्नी प्रत्यारोपणमा गरेको बताउनु भयो ।

काठमाडौँ बाहिर यस्तो जटिल शल्यक्रिया सम्भव हुनु आफैँमा उपलब्धि मानिएको छ। बिरामीहरूले अब राजधानी धाउनुपर्ने बाध्यता नहुनु र आफ्नै क्षेत्रमा सेवा लिन सक्ने अवस्थाको विकास हुनु सकारात्मक परिवर्तन हो डा केसीलेले भन्नु भयो ।

काठमाडौंमा पनि डा. दीर्घराज आरसीसँग मिलेर यो सेवा निरन्तर दिइरहेको हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ डा. कपिलमणि केसीले बताउनु भयो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :