स्वास्थ्यसमाचार/ विजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा कार्यरत डा प्रवेश श्रीवास्ताव आयुर्वेद चिकित्सा परिषदको सदस्यमा नियुक्ती हुनुभएको छ ।
रिक्त भएको ९ महिनापछि आयुर्वेद चिकित्सा परिषदले पुर्णता पाएको छ । ।स्वास्थ्य मन्त्री प्रदीप पौडेललेआयुर्वेद काउन्सिलक अध्यक्षमा डा श्याममणि अधिकारी र सदस्यमा दाङको विजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा कार्यरत डा प्रवेश श्रीवास्ताव, नरदेवी अस्पतालमा कार्यरत डा ऐश्वर्य श्रेष्ठ र क्याम्पस प्राचार्यबाट कीर्तिपुर आयुर्वेद क्याम्पसमा कार्यरत डा शिवमंगल प्रसाद नियुक्त गर्नु भएको हो।
डा प्रवेश श्रीवास्ताव लुम्बिनी आयुर्वेद चिकित्सालय बुटबलबाट केहि महिना अघि नबौ तहमा बढुवा भएर दाङको विजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा पदस्थापना हुनु भएको थियो ।
प्रतिकया दिनुहोस्