महिला स्वास्थ्यमा अग्रणी बुटवल : निःशुल्क परीक्षणदेखि पोषण भत्तासम्म

स्वास्थ्यसमाचार/ महिलाहरुमा हुने संभावित जोखिम, रोग जन्य उपचारमा बुटवल उपमहानगरपालिकाले विशेष अभियान चलाएको छ । खासगरी रोगलागेर उपचार गर्न भन्दा पहिला रोग लाग्न नै नदिने गरी योजना बनाएर बुटवल उपमहानगरपालिकाले लागेको हो ।

महिलाहरुमा हुने संभावित जोखिमहरु क्यान्सर जन्य रोगको पहिला नै पहिचान गरी सोही अनुसार उपचार गरेर रोग लाग्नबाट जोगाउन सकिने गरी बुटवल उपमहानगरपालिकाले योजनाबद्ध रुपमा स्वाथ्य जन्य क्रियाकलाप गर्दै आएको छ

बुटवल उपमहानगरपालिका स्वाथ्य शाखाले महिलाको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र आङ खस्ने समस्यासम्बन्धी समस्याको निःशुल्क रुपमा स्वाथ्य शिविर मुफ्त उपचार गर्दै आएको हो ।

बुटवल उपमहानगरपालिका सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको प्राविधिक सहकार्यमा बुटवल ११ बुद्धनगर स्थित शहरी स्वास्थ्य केन्द्रमा केही समय पहिला स्वथ्य शिविर समेत आयोजना गरेको थियो । जसमा निःशुल्क पोषण महिलाको स्वाथ्य परिक्षण गरि महिला स्वाथ्य सेवामा विशेष जोड दिइएको हो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा घरदैलोमा सेवा पु¥याउने गरी शिविर सञ्चालन गरिएको र यसले निरन्तरता पाउने बताउनुहुन्छ ।

बालबालिका र जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा उपचारमा प्राथमिकता दिदै बुटवलका सबै वडावडामा शिविर सञ्चालन गर्ने बताउनुभयो । ‘ हामीले बुटवलको स्वास्थ्यलाई स्तरीय बनाउँदै बुटवलबाट अन्यत्र उपचार गर्न जान नपरोस् भन्ने गरी केही कामहरुको थालनी गरेका छौं–उहाँले भन्नुभयो–यसले बुटवललाई स्वास्थ्य क्षेत्रमा धेरै अगाडि लैजानेछ।’

उहाँले आम्दा अस्पताललाई ३ सय बेडमा सञ्चालन गर्ने, फार्मेसी, नर्सिङको अध्ययन शुरु गर्ने र न्युरोसम्बन्धी उपचार शुरु गर्ने गरी तयारी गरिरहेको बताउनुभयो।

नगरप्रमुख पाण्डेयले बुटवलमा अहिले २ वटा १५–१५ बेडका अस्पताल निर्माणको क्रममा रहेको र आगामी आर्थिक वर्षदेखि सञ्चालनमा आउने बताउनुभयो । कार्यक्रममा वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, आम्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा राजेन्द्र बस्याल लगायतले स्वाथ्य परिक्षण गरेका थिए ।

शिविरमा प्रसुति रोग विशेषज्ञ डा राजेन्द्र बस्याल सहित स्वास्थ्यकर्मीहरु ज्ञानु केसी, सुनिता चौधरी र शहरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु परिचालन भएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो । उहाँले परीक्षण शिविर सबै वडाहरुमा क्रमैसँग सञ्चालन हुने उहाँले बताउनुभयो।

बुटबल उपमहानगरपालिकाबाट आर्थिक बर्षको सुरुदेखि ४५ सय महिलाले मातृशिशु कार्यक्रमअन्तर्गत जनही २ हजार पोषण भत्ता पाएका छन ।बुटवल उपमहानगर पालिकाका नवजात शिशु र आमाको स्वास्थ्यलाई ध्यानमा राख्दै बुटवलले जनही २ हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराउन थालेको हो ।

केही समय पहिला कार्यक्रमको शुभारम्भ गर्दै नगरप्रमुख खेलराज पाण्डेयले ५० जना नवजात शिशुका आमाहरुलाई रकम तथा पोषण सामग्री हस्तान्तरण गर्नुभयो ।उहाँले बुटवलका शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउनका लागि पोषण भत्ता प्रदान गर्ने कार्यक्रम ल्याइएको बताउदै यसले आगामी आर्थिक वर्षमा पनि निरन्तरता पाउने बताउनुभयो।

उहाँले बुटवललाई स्वास्थ्य क्षेत्रमा अग्रणी शहर बनाउनका लागि अस्पताल निर्माण, जनशक्ति उत्पादनलाई समेत जोड दिएको बताउनुभयो।उहाँले छिटै नै बुटवल १३ र १६ मा १५–१५ बेडका अस्पताल सञ्चालनमा आउने, आम्दा अस्पतालको स्तरोन्नति हुने र जनशक्ति उत्पादनमा जोड दिने बताउनुभयो ।

पोषण भत्ता कार्यक्रम अन्तरगतको रकम प्राप्त गर्नका लागि बुटवलको स्थायी बासिन्दा हुनुपर्ने, बच्चा बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, आम्दा अस्पताल र सेमलार स्वास्थ्य चौकीमा गत साउनयता जन्मिएको हुनुपर्ने मापदण्ड राखिएको छ। आवश्यक मापदण्ड पूरा गरेकाहरुले बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखाबाट रकम लिनसक्ने स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताउनुभयो।

सम्बन्धित शिर्षक :