विश्व वातावरण दिवसमा तिलोत्तमा–३ मा कपडाको झोला वितरण, प्लास्टिक न्यूनीकरणमा जोड

स्वास्थ्यसमाचार/ विश्व वातावरण दिवसको अवसर पारेर तिलोत्तमा नगरपालिका वडा नम्बर ३ को आयोजनामा र डिभिजन वन कार्यालय, रुपन्देहीको आर्थिक सहयोगमा झोला वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले वातावरण संरक्षणमा स्थानीय सरकारको भूमिका अत्यन्त महत्वपूर्ण भएको बताउँदै यस्तो किसिमको सचेतनामूलक कार्यक्रमले जनस्तरमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गर्नुभयो।

नगरप्रमुख खाणले भन्नुभयो हामीले आज जुन सानो प्रयास गरेका छौँ, त्यसको दीर्घकालीन प्रभाव ठूलो हुन्छ। प्लास्टिकजन्य फोहोरले हाम्रो माटो, पानी, वन्यजन्तु र मानव स्वास्थ्यमा असर पारिरहेको छ। यस्तो अवस्थामा कपडाका झोला प्रयोग गरेर हामी वातावरणमैत्री जीवनशैलीतर्फ उन्मुख हुनुपर्छ।

कार्यक्रम अन्तर्गत प्लास्टिक प्रयोग न्यूनीकरण तथा वातावरण संरक्षणको सन्देश प्रवाह गर्न स्थानीय बासिन्दाहरुलाई कपडाका झोला वितरण गरिएको वडा अध्यक्ष कल्याण पौडेलले बताउनु भयो।

कार्यक्रममा वडाध्यक्ष, जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। डिविजन बन कारयलय ,रुपन्देहीका प्रमुख परविन मिडारीको अध्यक्षतामा शाखा अधिकृत टेक राज भट्टराइको संचालनमा भएको कार्यक्रममा उपस्थित लाई स्वागत शाखा अधिकृ दिपक के सिले गर्नु भएको थियो।

वडा नं १,२,३,४, का ७ सय नागरिकहरुलाई कपडा बाट तयार पारिएको झोलि वितरण गरिएको छ।भने डिविजन बन कार्यालय रुपन्देहीका प्रमुख परविन मिडारीले यो अभियान पुर्ण रुपमा सबैलाई पुर्याउने बिस्वास दिनु भएको छ।यस प्रकारको कार्यले वातावरणीय सचेतना सम्बन्धमा टेवा पुग्ने विश्वास गरिएको छ।

सम्बन्धित शिर्षक :