फार्मेसी संघ रुपन्देहीको दोस्रो अधिवेशनबाट सापकोटा अध्यक्ष चयन

स्वास्थ्यसमाचार/नेपाल फार्मेसी संघ रुपन्देहीको अध्यक्षमा चोकलाल सापकोटा निर्वाचित हुनुभएको छ । संघको शनिबार बुटवलमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले सापकोटाको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा भरत गिरी र सुशिला वञ्जाडेलाई चयन गरिएको छ । त्यसैगरी महासचिवमा महेश पाण्डे, कोषाध्यक्षमा पिताम्बर अधिकारी, सचिवमा सञ्जिता ढकाल र नारायण विक्रम कुवँर तथा सहकोषाध्यक्षमा रिना केसीलाई चयन गरिएको निर्वाचन समितिका संयोजक तथा संघका सल्लाहकार धर्मराज भट्टराईले जानकारी गराउनु भयो ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा खेमराज ज्ञवाली, दिलिपकुमार जयसवाल, आशिष आचार्य, निरज गुरुङ, पवनकुमार कोहार र महफूज अहमद धुनियालाई चयन गरिएको छ ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :