स्वास्थ्यसमाचार/बुटवल हस्पिटल प्रालि र ग्लोबल वैकसंग उपचार सम्झौता समारोहका बिच सम्पन्न भएको छ । बुटवल हस्पिटल प्रा लि ले उपचारका लागि ग्लोबल वैकमार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुको लागि सहुलियत प्रदान गर्नेभएको छ ।
त्यसैगरि बैकले पनि अस्पतालले गर्ने विभिन्न समाजिक कार्यहरुमासहकार्य गर्ने भएको छ । उपचार सझौतासंगै दुई संस्थाका वीचमा व्यवसायीक
तथा अन्य सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्नप्रसाद पौडेलले बताउनु भयो ।
उहाँले बुटवल हस्पिटल सबै क्षेत्र वर्ग रसमुदायका नागरिकहरूकै भएकोले यसको संरक्षण र प्रवर्धनमा पनि सबैको सहयोगआवश्यक रहेको बताउनु भयो । उहाँले सबै खालको उपचार,उपकरण र दक्षजनशक्तिको संयोजन रहेकोले निर्धक्क भएर स्वास्थ्य सेवा लिन अपिल समेतगर्नु भयो ।
सो अवसरमा ग्लोबल बैक लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटीले बैक र हस्पिटलका वीचमा भएको उपचार सम्झौतापछि दुवै पक्षलाई आगामी दिनमा थपसहकार्यको वाटो खोलेको बताउनु भयो । उहाँले बुटवल हस्पिटल यस क्षेत्रमैनमुना अस्पताल भएकोले अबका दिनमा बैकर्सहरु पनि उपचारका लागि बुटवलहस्पिटल नै रोज्ने विश्वास व्यक्त गर्नु भयो ।
दुई संस्था वीचमा सम्झौता हस्ताक्षर कार्यक्रममा बुटवल हस्पिटल प्रा लिकामेडिकल निर्देशक डा कृष्ण खनाल, जनल म्यानेजर देवेश कर्ण, प्रशासन प्रमुखबिक्रम खड्का, ग्लोबल बैकका तर्फबाट प्रदेश प्रमुख सिवाकोटीसँगै जगलालभुषाल लगायतले धारणा राख्नु भएको थियो ।
आजभन्दा २५ वर्ष अघि बुटवल हस्पिटल लाईनमा स्थापना भएको बुटवल हस्पिटलप्रा लि अहिले १ सय शैया संचालनमा छ । जहाँ विशेषज्ञ चिकित्सकहरुकोनिगरानीमा आईसीयु, एनआईसीयु, एचडियू सहितका उपचार कक्षहरू संचालनमा छन्भने एक पटकमा ४ वटा अप्रेशन गर्न मिल्ने गरि ओटि संरचना निमार्ण छ ।
बुटवल हस्पिटल प्रा लिमा चिकित्सक नर्स सहित ३ सय कर्मचारीहरु कार्यरतरहेका छन् । यस क्षेत्रका उद्योगी व्यवसायी, चिकित्सकहरु सहितको
सहभागितामा लगानीमा रहेको अस्पतालमा अत्याधुनिक उपकरणहरुको व्यवस्थापनगरिएको छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४तथा युरो मनी अवार्ड फर एक्सिलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालकोसर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो ।
साथै ग्लोबल आइएमई बैंकविभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामासम्मानित भएको छ। ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजीक्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम,२२१ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरतथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवाकेन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्तविश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ ।
प्रतिकया दिनुहोस्