स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयले ९औं तहमा बढुवा भएका ४ जना अधिकारीहरुको पदस्थापन गरेको छ । मन्त्रालयले निर्णय गर्दै विभिन्न अस्पतालहरुमा अधिकारीहरुको पदस्थापन गरेको छ ।
पदस्थापन हुनेहरुमा कन्सल्टेन्ट आयुर्वेद बिज्ञ डा प्रबेश श्रीवास्तवलाई प्रदेश आयुर्वेद अस्पताल, बिजौरीको प्रमुखमा स्वास्थ्य शिक्षा प्रशासक भुवन कुबरलाई स्वास्थ्य तालिम केन्द्र बुटबलमा, अस्पताल नर्सिङ प्रशासक नेहा थापालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा र डा प्रकाश भट्टराईलाई पृथ्वी चन्द्र अस्पताल नवलपरासीमा पदस्थापना गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
प्रतिकया दिनुहोस्