स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशकी स्वास्थ्य सचिब दुर्गा लक्ष्मी श्रेष्ठले पदबहाली गरेकी छन्। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश उहाँलाई स्वास्थ्य सचिवको जिम्मेबारी दिएको थियो ।
शुक्रवार आज उनले पदभार ग्रहण गरेका हुन्। प्रमुख अस्पताल नर्सिङ प्रशासक (११ औं तह) उनी २०५२ सालमा अस्थायी र २०५४ सालमा स्टाफ नर्स (पाँचौ तह)मा नाम निकालेर स्वास्थ्य सेवामा प्रबेश गरेकी हुन ।
लुम्बिनी प्रादेशिक अस्पताल राप्ती अस्पतालमा र भेरी अस्पतालको नर्सिङ प्रमुख भएर काम गरेकी हुन । दुर्गा लक्ष्मी स्वास्थ्य सचिव बनेसँगै नर्सिङ तर्फबाट मन्त्रालय स्तरको प्रशासनिक कमाण्ड उहाँको काँधमा आइपुगेको छ ।
४९ वर्षीया दुर्गा लक्ष्मी श्रेष्ठले स्वास्थ्य सेवामा प्रवेश गरेको झण्डै २९ वर्षपछि सचिब बनेकी छन् ।पदभार ग्रहण गरेसंगै स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले स्वास्थ्य क्षेत्रमा आफनो बलमुताबिक सुधार ल्याउने प्रतिबद्धता जनाइन्।
प्रतिकया दिनुहोस्