स्वास्थ्य सेवामा प्रवेश गरेको २९ वर्षपछि स्वास्थ्य सचिव बनिन दुर्गा लक्ष्मी श्रेष्ठ

स्वास्थ्य मन्त्रालय लुम्बिनी

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक प्रदेश सचिबको जिम्मेबारी तोकेको छ । मन्त्री परिषदको बैठकले भेरी अस्पताल नेपाल गञ्जबाट सरुवा भएका आएकी दुर्गा लक्ष्मी श्रेष्ठलाई लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव को जिम्मेबारी दिएको छ ।

४९ वर्षीया दुर्गा लक्ष्मी श्रेष्ठले स्वास्थ्य सेवामा प्रवेश गरेको झण्डै २९ वर्षपछि यो सफलता हात पारेकी हुन् । यसअघि भेरी अस्पताल नेपालगन्जमा प्रमुख अस्पताल नर्सिङ प्रशासक (११ औं तह) रहेकी थिईन् ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की गोल्ड मेडलिस्ट हुन्, दुर्गा लक्ष्मी । आफ्नो नर्सिङ जीवनको सबैजसो समय लुम्बिनी प्रदेशमा बिरामी सेवा, ठूला अस्पतालमा नर्सिङ विभागको नेतृत्व र नीति निर्माणमा खर्चिएकी उनलाई प्रदेशको ग्रासरुट तहसम्मको स्वास्थ्य समस्याको जानकारी रहेको बताउछिन ।

स्थानीय रुपमा आफूले देखे, भोगेका स्वास्थ्य सेवाका समस्याहरूलाई नीतिगत तहमा सम्बोधन गर्ने प्रयास गर्ने दुर्गा लक्ष्मीले बताइन् । ‘मैले सबै तहका स्वास्थ्य समस्याहरु नजिकबाट नियालेकी छु, महसुस गरेकी छु,’ ।सबै अनुभवलाई लुम्बिनीको हेल्थकेयर सुधारमा लगाउनेछु ।’

लुम्बिनीको स्वास्थ्यको प्रशासनिक नेतृत्वमा पुगेकी दुर्गा लक्ष्मीको जन्म २०३१ सालमा गोरखाको गाइखुरमा भएको हो ।

जागिरे जिबन
२०५२ सालमा उनले नेपालगन्ज नर्सिङ क्याम्पसबाट पिसिएल नर्सिङ उत्तीर्ण गरेकी हुन् । त्यसपछि उनले अस्थायी कर्मचारीका रुपमा केही समय प्युठान जिल्ला अस्पतालमा काम गरिन् ।

वि.सं. २०५४ सालमा स्टाफ नर्स (पाँचौ तह)मा नाम निकालेर उनी स्वास्थ्य सेवाको स्थायी सरकारी जागिरे भइन् । वि.सं. २०५९ सालमा उनले बीएन सकिन्, दुर्गा लक्ष्मी बीएनमा उत्कृष्ट अंक ल्याएर नेपालकै दोस्रो भएकी हुन् । बीएन सकिए लगतै उनको पोस्टिङ दाङ अस्पतालमा भयो ।
दाङ अस्पतालमा रहेर उनले बिरामी सेवामा आठ वर्ष बिताइन् । दाङ अस्पतालमै कार्यरत रहँदा उनी वि.सं. २०६३ सालमा सातौं तहको नर्सिङ अधिकृतमा बढुवा भइन् । अधिकृत भइसकेपछि उनले थप केही समय त्यही अस्पतालमा नर्सिङ अधिकृतका रुपमा काम गरिन् । वि.सं. २०६६ सालमा दुर्गा लक्ष्मीले आईओएममै थप उच्च शिक्षाका लागि छात्रवृत्ति पाइन् ।

उनी मास्टर्स अफ नर्सिङ (एमएन) पढ्नका लागि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान काठमाडौं आइन् । वि.सं. २०६८ सालमा एमएन सकेकी उनले गोल्ड मेडल हात पारिन् । पढाइ सँगसँगै उनको सरकारी जागिरमा पनि पदोन्नति हुँदै गइन् ।

वि.सं. २०६३ सालमा सातौं तहकी नर्सिङ अधिकृत भएकी उनी वि.सं. २०६८ सालमा आठौं तहमा बढुवा पाइन् । आठौं तहमा बढुवा भएपछि लुम्बिनी अस्पताल (हाल लुम्बिनी प्रादेशिक अस्पताल)मा तीन वर्ष काम गरिन् ।

वि.सं. २०७१ सालमा उनी नवौं तहमा बढुवा भइन् । नवौं तहमा बढुवा भएपछि उनले १० महिना राप्ती अस्पतालमा काम रहेर सेवा दिइन् । नवौं तहमा बढुवा भएको झण्डै १० महिनामै उनले खुला तर्फबाट स्वास्थ्य सेवाको एघारौं तह (सह–सचिव)मा नाम निकालिन् ।१ साउन २०७२ मा सह–सचिवमा नाम निकालेकी भेरी अस्पतालको नर्सिङ प्रमुख भएर सेवारत रहिन् ।

सन् २०१९ मा सेवामा पु¥याएको योगदानको उच्च मुल्यांकन गर्दै सरकारले उनलाई सुप्रबल जनसेवाश्री सम्मानले पनि विभूषित गरिसकेको छ ।काममा रमाउने स्वभावकी दुर्गा लक्ष्मी स्वास्थ्य सचिव बनेसँगै नर्सिङ तर्फबाट मन्त्रालय स्तरको प्रशासनिक कमाण्ड उनको काँधमा आइपुगेको छ ।

सम्बन्धित शिर्षक :