स्वास्थ्यमा ४ प्रतिशत बजेट अपर्याप्त, बजेट वृद्धि गर्न पहल गर्छु : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्यसमाचार अब व्यक्तिले गोजीबाट रकम निकालेर नभई बिमा कार्डबाट उपचार सुनिश्चित गर्नु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् ।

स्वास्थ्य वीमाबाट उपचार गर्ने व्यवस्था मिलाएर विमा रकम तिर्नेले तिर्नु पर्ने र विमा बापतको पैसा तिर्न नसक्नेको राज्यले तिरिदिनु पर्ने बताए । ‘अब उपचार गोजीबाट पैसा निकालेर होइन, गोजीबाट विमा कार्ड निकालेर गर्नु पर्छ ।

विमा बापतको शुल्क तिर्न सक्नेले अनिवार्य रुपमा तिर्ने व्यवस्था गर्नु पर्छ । नसक्नेहरूको राज्यले दिनु पर्छ’, मन्त्री पौडेलले भने ।

आज बुटवलमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य बिमा कोषलाई सुरक्षित र बलियो बनाउँदै सर्वसाधारणलाई सेवा दिने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए।

मन्त्री पौडेलले स्वास्थ्यलाई राज्यको पहिलो प्राथमिकतामा राख्दै सरकारी अस्पतालमा दरबन्दी वृद्धि र निजी क्षेत्रको निरन्तर विस्तारलाई सन्तुलनमा ल्याउनुपर्ने धारणा राखे।

स्वास्थ्यमा ४ प्रतिशत बजेट लगानी गरेर स्वास्थ्यलाई राज्यले प्राथमिकतामा राखेको भन्न नमलिने बताउँदै मन्त्री पौडेलले बजेट बढाउनका लागि पहल गर्ने समेत बताए ।

सम्बन्धित शिर्षक :