आम्दा नेपालको ३४औं स्थापना दिवस :रक्तदान र फलफुल वितरण

स्वास्थ्यसमाचार /आम्दा– नेपालको ३४ औं स्थापना दिवस विविध कार्यक्रम गरेर मनाईयो । मंगलबार आम्दा नेपाल सिदार्थ बाल तथा महिला अस्पताल बुटवलले रक्तदान,नसर्ने रोगहरुको जनचेतना र बिरामलाई फलफुल वितरण जस्ता कार्यक्रम सम्पन्न गरेको छ ।

आम्दा अस्पतालमा सेवा लिईरहेका विरामी बालबालिकाहरुको स्वास्थ्य लाभको कामना गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख एवं आम्दा अस्पताल स्थानीय व्यवस्थापन समितिका अध्यक्ष खेलराज पाण्डेले फलफुल वितरण गर्नुभएको हो ।

आम्दा नेपालको ३४औं स्थापना दिवसको अवसरमा बोल्दै अध्यक्ष पाण्डेले आम्दा नेपालको सहयोगमा बुटवल उपमहानगरपालिका र उद्योग बाणिज्य संघ बुटवलको त्रिपक्षिय सहकार्यमा बुटवलमा सिदार्थ बाल तथा महिला अस्पतालको स्थापना गरिएको बताउनुभयो ।

उहाँले गर्भवति महिलाहरुले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था र बाल मृत्युदरको पनि विकाराल अवस्था भएको बेला आम्दा बुटवलको स्थापना गर्नु यस क्षेत्रको महत्वपूर्ण उपलब्धी हासिल गरेको बताउनुभयो ।

आम्दा अस्पतालको स्थापना गरि अहिलेको अवस्थामा आईपुग्दा महिला र बालबालिकाको अस्पताल र प्यारा मेडिकल अध्यान पनि शुरुभएको छ यसर्थ यो अस्पताल बुटवलका लागि गौरवको विषय हो ।

आम्दा अस्पताल बुटवललाई यहाँ सम्म पुराउन सहयोग गर्नुहुने आम्दा इन्टरनेशनल लगायत सबै प्रति आभारी छु । आम्दा अस्पताल बुटवलले दिने सेवा बुटवलका लागि मात्रै नभएर यस क्षेत्रका सबै महिला,बालबालिकाका सबैका लागि हो । स्वास्थ्य सेवासंगै यहाँका युवाहरुका लागि प्राविधिक शिक्षा अध्यानका लागि महत्वपूर्ण रहनेछ ।

आगामी दिनमा प्यारा मेडिकलको अध्यानलाई थप गर्ने, अस्पताललाई तीन सय वेडमा लाने , अस्पताललाई मेडिकल कलेजको रुपमा स्थापित गर्ने उेश्यका साथ कार्ययोजना सहित यसको नीरन्तरता दिने र नसक्नेका लागि सहयोगी रुपमा आम्दा अस्पताल सारथी बन्ने अध्यक्ष पाण्डेले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बिनोद पराजुलीले आम्दा नेपालको ३४औ स्थापना दिवस अवसरमा अस्तपतालमा सेवा लिन आउने यस अस्पतालसंग जोडिनुभएका सबैजनालाई शुभकामना व्यक्त गर्नुभयो ।

स्थापना दिवसमा ठूलो कार्यक्रम गर्न नसके पनि सम्झना स्वरुप स्वास्थ्य सचेतनाको कार्यक्रम विरामी त हुदैहुनुहुन्छ । जो विरामी नभईकन आउनुहुने अभिभावकहरु हुनुहुन्छ उहाँहरुको लागि आधुनिक शहरीया जीवनशैलीले गर्दा देखिने मोटोपना ,नसर्ने खालका रोगहरु जस्तै मुटु रोग,दम,चिनी रोग,व्लड प्रेसर जस्ता नसर्ने रोगहरुकाबारे सचेतना जगाउने काम, व्लड प्रेसर ,सुगर,पिसाव चेक गरिएको छ । अस्पतालसंग रगतको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ ।

जुन अस्पतालमा दिनैपिक्ष रगतको आवश्यकता परिरहेको हुन्छ । यसर्थ आम्दा अस्पताल बुटवलको आयोजना , नेपाल रेडक्रस सोसाइटी र स्वयमसेवी रक्तदाता संघको सहकार्यमा रक्तदान कार्यक्रम पनि गरेका छौ । जुन कार्यक्रमले विरामीको उपचारसंगै सामाजिक कार्यमा पनि आम्दा अस्पताल बुटवलको सक्रिय सहभागीता रहने सन्देश दिने छ भन्ने अपेक्षा अस्पताल परिवारले गरेको डाक्टर पराजुलिले बताउनुभयो ।

नेपाल स्वयेमसेवी रक्तदाता रुपन्देही जिल्ला अध्यक्ष कृष्ण चौहान श्रेत्रीले रक्तदान कार्यक्रम प्यारा मेडिकलका विद्यार्थीहरु,मेडिकल डाक्टर लगायतले उत्साहजनक सहभागितामा रक्तदान गर्नुभएकोमा आभार व्यक्त गर्नुभयो । रक्तदान गर्नेमध्य धेरैजना पहिलोपटक रक्तदान गर्नुभएको र यसरी अस्पतालमा रक्तदान कार्यक्रम राख्द ैगर्दाखेरी रगतको महत्वबारे सबैलाई स्पपस्ट हुने वातावरण सृजना भइको छ ।

जसले रगत माग गर्नुहुन्छ उहाँहरुले प्रत्यक्ष आफूले पनि रक्तदान गर्न पाँउदा समुदायमा सकारात्मक सन्देश गएको छ, आम्दा अस्पतालले जस्तै यस क्षेत्रका सबै अस्पतालहरुले अस्पताल परिषरमा रक्तदान कार्यक्रमको आयोजन गर्न समेत गरि अध्यक्ष चौहानले आग्रह गर्नुभयो ।

आम्दा–नेपाल
आम्दा नेपाल गैर–नाफामूलक सामाजिक संस्थाको रूपमा स्थापित संस्था हो । गैर–सरकारी संस्थाको रूपमा सन १९९१ मा आधिकारिक रूपमा दर्ता भई कार्यरत रहेको आम्दा–नेपाल एक मानाविय, गैर–नाफामूलक र गैर–राजनीतिक संस्था हो ।

आम्दा–नेपाल अन्तर्गत बुटवलमा सिद्धार्थ बाल तथा महिला अस्पताल, दमक झापामा आम्दा अस्पताल, मेचीनगर झापामा आम्दा मेची अस्पताल तथा विभिन्न परियोजना संचालन गर्दै आएको छ ।सिद्धार्थ बाल तथा महिला अस्पताल मिति २०५५ साउन १९ गते आम्दा नेपाल, बुटवल उप–महानगरपालिका तथा बुटवल उद्योग वाणिज्य संघका बीच त्रिपक्षीय सम्झौता भई सिद्धार्थ बाल तथा महिला अस्पताल स्थापित भएको हो ।

२०५५ असोज २१ गते गते स्वास्थ्य सेवा विभागबाट बाहिरी बिरामी सेवा सञ्चालनका लागि स्वीकृति पाएपछि २०५५ कार्तिक १६ गतेबाट ओपिडी सेवा सुरु गरेको हो ।२०५५ चैत्र ७ गतेबाट सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा बुटवलले स्वास्थ्य सेवा विभागबाट ५० शैयासम्म अन्तरंग सेवा सञ्चालनका लागि स्वीकृति प्राप्त गरी २०५६ चैत्र ७ गतेदेखि अन्तरंग सेवा सञ्चालन गर्दै आएको छ ।

स्वास्थ्य सेवा, नियन्त्रण तथा गुणस्तर महाशाखा विभागको को मिति २०५६ फागुन २७ गतेको परि पत्र अनुसार सिद्धार्थ बाल तथा महिला अःपताल आम्दा ब’६वल एक परोपकारी अस्पताल हो ।त्यसैगरी, स्वास्थ्य सेवा विभागबाट २०५८ फागुन २९ गते प्राप्त भएको स्वीकृति पत्र अनुसार सिद्धार्थ बाल तथा महिला अस्पतालको क्षमता ५० शैयाबाट बढाएर १०० शैयामा पुर्यासइएको थियो ।

हाल, सिद्धार्थ बाल तथा महिला अस्पतालले बालबालिका र महिला स्वास्थ्य सेवाहरूको लागि एक विशिष्टीकृत स्वास्थ्य संस्थाको रूपमा विश्वसनीयता हासिल गरेको छ । यस अस्पतालमा रुपन्देही लगायत कपिलवस्तु, नवलपरासी, नवलपरासी पूर्व, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, प्युठान, रोल्पा, दाङ, रुकुम पूर्व÷पश्चिम जिल्लाका साथै भारतका विभिन्न स्थानबाट बिरामीहरू सेवाका लागि आउने गरेका छन् ।

 

सम्बन्धित शिर्षक :