स्वास्थ्यसमाचार/रोटरी क्लब अफ रेसुंगा गुल्मीको आयोजनामा गुल्मीको सदरमुकाम तम्घासमा निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।
रोटरी क्लब अफ रेसुंगा गुल्मीले आज आयोजना गरिएको कार्यक्रममा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर गर्न लागिएको जानकारी क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठले दिनुभयो ।
यहि फागुन १७ गते शनिबार महेन्द्र माध्यमिक विद्यालयमा सञ्चालन गरिने शिविरमा रोटरी क्लब अफ रेसुङ्गा गुल्मीको प्रमुख आयोजना तथा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको विशेषज्ञ टोलीको प्राविधिक सहयोगमा शिविर उक्त शिविर संचालन गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
शिविरमा विशेषज्ञ डाक्टरबाट मुटु रोग तथा मृगौला रोग सहित विभिन्न रोगहरूको जाँच तथा उपचार सेवा प्रदान गरि सबै प्रकारका औषधि निःशुल्क वितरण गरिने जानकारी अध्यक्ष श्रेष्ठले दिनुभएको छ ।
स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टरबाट मुटु रोग, मृगौला रोग तथा सुगर रोगको चेक जाँच तथा तथा निःशुल्क औषधि वितरण उहाँले बताउनुभयो । जनरल फिजिसियन डाक्टरबाट सबै प्रकारका रोगहरूको चेक जाँच गर्ने प्रबन्ध मिलाइएको छ ।
इको, इसिजी तथा अन्य आवश्यक ल्याब परीक्षणहरू निःशुल्क परीक्षण हुने र सबै प्रकारका रोगहरूको निःशुल्क औषधि वितरण समेत गर्ने गरि योजना बनाइएको श्रेष्ठले जानकारी दिनुभएको छ।
महेन्द्र नमूना माध्यमिक विद्यालय तम्घास, गुल्मीको प्राङ्गणमा बिहान ८ः३० देखि अपराह्न ४ः०० बजेसम्म सञ्चालन गरिने शिविरमा रोटरी क्लब अफ रेसुङ्गा गुल्मीसहित यहाँका रेसुङ्गा नगरपालिका, गुल्मी दरबार गाउँपालिका, नेपाल हृदयरोग निवारण प्रतिष्ठान, गुल्मी इस्मा गाउँपालिका, छत्रदेव गाउँपालिका, धुर्कोट गाउँपालिका र मालिका गाउँपालिकाको पनि सहयोगी रहेका छन् ।
जिल्लामा स्थापना भएको छोटो समयमै थुप्रै विपद्मा राहत, उद्धार लगायतका कार्यहरुमा अग्रणी संस्थाका रुपमा आफुलाई स्थापित गर्न सफल रोटरी क्लब अफ रेसुंगा गुल्मीले जिल्लामा निःशुल्क रुपमा आयोजना गरिएको शिविरबाट सबैलाई लाभ लिन र आफ्नो स्वास्थ्य परीक्षणका लागि आग्रह समेत गरेको छ ।
प्रतिकया दिनुहोस्