शुद्धोदनको एकीकृत घुम्ती शिविर विशेषज्ञ स्वास्थ्य परीक्षण देखि निःशुल्क औषधी बितरणसम्म

स्वास्थ्यसमाचार/ शुद्धोदन गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा एक हजार वढी नागरिकले सेवा लिएका छन्।

शुद्धोदन गाउँपालिका वडा नं ७ मटेरियामा आयोजना गरिएको उक्त घुम्ती शिविरमा एक हजार वढीले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।

शिविरमा विशेषज्ञद्वारा स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधी वितरण साथै मधुमेह तथा पिसाब परीक्षण, पशुपंक्षी जाँच तथा निःशुल्क औषधी वितरण साथै गोबर तथा थुनेलो परीक्षण र पशु बन्ध्याकरण तथा कृत्रिम गर्भाधान सेवा, आयुर्वेद उपचार तथा निःशुल्क औषधी वितरण, ज्येष्ठ नागरिक स्वास्थ्य उपचार तथा रसायन औषधी निःशुल्क वितरण, सुत्केरी आमाको स्वास्थ्य परीक्षण एवम् पोषणजन्य औषधी वितरण सेवा संञ्चालन गरिएको थियो ।

त्यस्तै कृषि बाली उपचार सेवा तथा निःशुल्क औषधी वितरण, मिनिकिट वितरण, उत्कृष्ट कृषक सम्मान तथा प्रोत्साहन, ज्येष्ठ नागरिक परिचयपत्र वितरण तथा निःशुल्क कपडा वितरण, व्यवसाय दर्ता तथा नवीकरण र निःशुल्क दृष्टि परीक्षण सेवा प्रदान गरिएको शुद्धोदन गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु घर्तीले बताउनुभयो ।

आयुर्वेद सेवामा १ सय ७५ जनाले उपचार तथा निःशुल्क औषधी वितरण गरिएको आयुर्वेद शाखा प्रमुख प्रान्शु ढकालले जानकारी दिनुभयो। स्वास्थ्य सेवामा ६८ जनालाई स्वास्थ्य परिक्षण गरि निःशुल्क औषधी वितरण गरिएको र आखाको चेकजाँच ८० जनालाई गरिएको स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक :