स्वास्थ्यसमाचार / स्वास्थ्य मन्त्रालय लुम्बिनीकी सचिव दुर्गालक्ष्मी श्रेष्ठले पूर्ण रूपमा ईहाजिरि लागु गर्नुपर्ने, ड्रेस कोडको पालना गर्नुपर्ने, कर्मचारीको उपस्थिति समय, डाक्टरहरू पुरा समय अस्पतालमा बस्नुपर्ने वताउनु भयो ।
राप्ती प्रादेशिक अस्पताल, दाङको अनुगमनक्रममा सचिब श्रेष्ठले स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिदै फार्मेसीमा अभाव भएका औषधिको परिपूर्ति डाक्टरहरूलाई अस्पतालमा पुरा समय बिताउन र बिरामी सहज रुपर्मा सेवा दिन निर्देशन दिनु भयो।
अस्पताल चिकित्सक समयमा नआउने लगायका समस्याका बारेमा गुनासो आएपछि स्वास्थ्यमन्त्रालयकोे टोलीले राप्ती प्रादेशिक अस्पतालको आकस्मिक अनुगमन गरेको हो । अनुगमनमा स्वास्थ्यमन्त्री खेमसारु लगायको सहभागीता रहेको थियो ।
प्रतिकया दिनुहोस्