लुम्बिनीका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठलाई विशेष सम्मान

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव तथा पूर्व नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ लाई विशेष सम्मान गरिएको छ। लुम्बिनी प्रादेशिक अस्पताल को ११६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो।

पूर्व नर्सिङ प्रशासकसमेत रहनुभएकी श्रेष्ठलाई स्वास्थ्य क्षेत्रमा पुर्‍याएको दीर्घकालीन योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको अस्पतालले जनाएको छ। कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, स्वास्थ्य मन्त्री खेमबहादुर सारु लगायतले उहाँलाई सम्मान गर्नुभएको थियो।

कार्यक्रममा विभिन्न वक्ताहरूले श्रेष्ठको नेतृत्व क्षमता, नर्सिङ प्रशासनमा हासिल गरेको अनुभव तथा स्वास्थ्य सेवा सुधारमा खेलेको भूमिकाको उच्च प्रशंसा गरेका थिए। विशेषगरी नर्सिङ सेवाको सुदृढीकरण, स्वास्थ्य व्यवस्थापनमा सुधार तथा सेवाको पहुँच विस्तारमा उहाँको योगदान उल्लेखनीय रहेको बताइएको थियो।

उक्त अवसरमा स्वास्थ्य क्षेत्र सुधार र सेवा विस्तारमा उहाँले निर्वाह गरेको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै सम्मान अर्पण गरिएको आयोजकले जनाएको छ।

सम्बन्धित शिर्षक :