लुम्बिनी प्रादेशिक अस्पतालको फार्मेसी सेवा विस्तार, २४ घण्टे काउन्टर सहित नयाँ सेवाको शुभारम्भ

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत उपचार गराउन आउने सेवाग्राहीहरुको लागि डेडिकेटेड फार्मेसी स्थापना गरिएको छ ।

अस्पतालमा भीड व्यवस्थापन तथा सेवालाई सहज बनाउन थप गरिएको फार्मेसीले सहयोग गर्ने अपेक्षा गरिएको छ ।फार्मेसी सेवाको समुद्घाटन गर्दै अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले गुणस्तरीय स्वास्थ्यले सेवासँगै सबैको पहुँच योग्य बनाउने लक्ष्य रहेको उल्लेख गरे ।

सरकारले लागू गरेको बीमा कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी भएपनि स्वास्थ्य संस्थाहरुलाई समयमा भुक्तानी नहुँदा कार्यान्वयनको चुनौती रहेको उल्लेख गरे ।लुम्बिनी प्रादेशिक अस्पतालमा समेत सरकाले २२ करोड बढी बीमा कार्यक्रमको रकम भुक्तानी नगर्दा समस्या भएको गुनासो गरे ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार दैनिक ६ सयदेखि ९ सयसम्म सेवाग्राहीहरु बीमा सेवा कार्यक्रम अन्तरगत उपचारका लागि आउने गर्दछन् । बीमा सेवाका लागि छुट्टै फार्मेसी सेवा सुचारु भएपछि अब घण्टौं लाइनमा बस्नुपर्ने समस्या कम हुने उल्लेख गरे ।

अस्पतालमा सेवालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउँदै अब सबै काउन्टरहरुमा डिजिटल पेमेन्ट सुविधा, आकस्मिक सेवातर्फ छुट्टै अल्ट्रासाउन्ड तथा एक्स-रे सुविधा, ल्याब प्रयोगशाला बिस्तार लगायतका योजना रहेको उल्लेख गरे ।

२४घन्टे ओपीडी फार्मेसी सेवा सञ्चालनमा आएपछि बिरामीहरुलाई राति र विदाको समयमा वाहिर जानुपर्ने समस्या अन्त्यन्त हुने र अस्पतालको फार्मेसी वाट बिक्रीपनि बढने फार्मेसी प्रमुख पदम खनालले बताए ।

अस्पतालमा राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमबाट आकस्मिक परीक्षण, बहिरंग सेवामा परीक्षण, उपचार सेवा (तोकिएका १११८ प्रकारका औषधि), रोगको निदान गर्न आवश्यक प्रयोगशालामा दिसा, पिसाब, रगत, एक्स-रे, अल्ट्रासाउन्ड इत्यादि तथा शल्यचिकित्सा सेवा बीमा कार्यक्रमले निःशुल्क प्रदान गर्दै आएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले बताए ।

 

सम्बन्धित शिर्षक :