केन्द्रीय कारागार अस्पताललाई डिजिटलाइजेसन गर्ने कार्य सुरु

स्वास्थ्यसमाचार /केन्द्रीय कारागार अस्पतालमा कैदीबन्दी हरुको उपचार सेवासँग सम्वन्धित तथ्याङ्कलाई एकत्रित गर्ने र पेपरलेस बनाई सहज, सरल, व्यवस्थित तथा प्रभावकारी बनाउनका लागि Software System जडान गरि Computer System लाइ  Digitalization  गर्ने कार्यको उदघाटन गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.विकाश देवकोटाले दर्ता तथा बिलिङ शाखा,कारागार व्यवस्थापन विभागका महानिर्देशक काशी राज दाहालले बहिरंग विभाग,गृह मन्त्रालयका सहसचिव तथा प्रबक्ता नारायण प्रसाद भट्टराईले प्रयोगशाला विभाग र प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढाथोकीले फार्मेसी को सांकेतिक रुपमा छुट्टाछुट्टै रिबनकाटि उद्‍घाटन गर्नु भएको थियो ।

कार्यक्रममा अतिथि,प्रमुखअतिथि तथा विशिष्ट अतिथिहरूको स्वागत तथा अस्पतालको संक्षिप्त परिचय दिदै केन्द्रीय कारागारका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. प्रकाश बुढाथोकीले बिगत एक बर्षमा भए गरेका उल्लेखनीय कामहरुको जानकारी गराउदै केन्द्रीय कारागार अस्पताललाई ओ एण्ड एम,स्वास्थ्य बिमा,बिशेषज्ञ सेवा,सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न थप सहयोग र सहजिकरण गर्न गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारीहरु समक्ष अनुरोध गर्नुभयो ।

निर्देशन तथा मन्तव्य दिदै कारागार व्यवस्थापन विभागका महानिर्देशक काशी राज दाहालले,वीमा कार्यक्रममा संसोधन,संगठन तथा व्यवस्थापन सर्वेक्षण गरि कैदीबन्दी हरुको उपचार सेवा विस्तार लगायतका वारेमा अवगत गराउनु भयो । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता श्री नारायणप्रसाद भट्टराइले विशिष्ट अतिथिको रुपमा गृह मन्त्रालयको प्रतिनिधित्व गर्दै देशको आर्थिक अवस्थाको चर्चा गर्दै अस्पतालले गरेका कामको प्रशंसा गर्दे यस्ता कार्यक्रमहरुको निरन्तरताको शुभकामना दिनुभयो ।

प्रमुख अतिथिको रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.विकाश देवकोटाले  स्वस्थ्य तथा निरोगी हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलले मात्र नभई सम्पुर्ण क्षेत्रले स्वास्थ्यको वारेमा सम्वोधन गर्न सकेमा उपयुक्तm हुने बताउदै हाल केन्द्रीय कारागार अस्पतालमा भईरहेका कार्यक्रमको प्रसंशा गर्नु भयो।

देवकोटाले ईएमआर तथा ईएचआर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका धेरै कम स्वास्थ्य संस्थाहरुमा मात्र लागु गर्न सकिएको र गृह मन्त्रालय अन्तर्गत रहेको यस अस्पतालले पूर्णरुपमा लागु गर्न सकिएमा नमुनाको रुपमा अन्य अस्पतालहरुलाई देखाउन सकिने वताउनु भयो । साथै यस अस्पतालमा विशेषज्ञ सेवाका लागि छात्रवृति करारका जनशतिmहरुलाई प्राथमिकता दिने र वीमा कार्यक्रममा भएका नागरिकहरुलाई मन्त्रालयमा गई आजै सहजिकरण गर्ने जानकारी गराउनु भयो ।

उदघाटन शत्रको कार्यक्रम केन्द्रीय कारागारका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा.प्रकाश बुढाथोकीको अध्यक्षता,प्रमुख अतिथि श्रीमान् अतिरिक्त स्वास्थ्य सचिव डा.विकास देवकोटा,विशिष्ट अतिथि गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, विशिष्ट अतिथि कारागार ब्यवस्थापन बिभागका महानिर्देशक  काशीराज दाहाल,अतिथिहरू प्रमुख कारागार प्रशासक, कारागार कार्यालय काठमाडौंका  ललितकुमार बस्नेत,प्रमुख कारागार प्रशासक, कारागार कार्यालय डिल्लीबजारका  रोम बहादुर महत,प्रमुख कारागार प्रशासक, कारागार कार्यालय नख्खुकी कल्पना नेपाल,हुनुहुन्थ्यो।

त्यस्तै सहायक जेलर मित्रलाल लुईंटेल,प्रहरी इन्सपेक्टर,अनाश्रित गुल्म पुरुषोत्तम थपलिया,अस्पतालका विशेषज्ञ डाक्टर ज्यू हरु, मेडिकल अधिकृतहरुका प्रशासनका कर्मचारी, स्वास्थ्यकर्मीहरु,सहायक स्तरका कर्मचारी, कार्यालय सहयोगीहरु लगायतको उल्लेखनीय सहभागितामा सम्पन्न भएको थियो ।

उदघाटन कार्यक्रमका अध्यक्ष डा. बुढाथोकीले अतिथि,प्रमुखअतिथि तथा विशिष्ट अतिथिहरूलाई धन्यवाद दिदै ईएचआर लगायत अस्पताल विस्तार,कैदीबन्दीको स्वास्थ्यलाई प्राथमिकता दिन र अस्पताललाई कैदीबन्दी तथा कारागार कार्यालयहरुको स्वास्थ्यको रिफर र फोकल अस्पतालको रुपमा विकास गर्न सबैको सहयोगको अपेक्षा गरेको बताउनु भयो।

सम्बन्धित शिर्षक :