राष्ट्रिय चिकित्सक संघ नेपाल दाङको अध्यक्षमा डा. रिजाल

स्वास्थ्यसमाचार/ राष्ट्रिय चिकित्सक संघ नेपाल दाङ्ग जिल्ला कार्यसमितिको प्रथम अधिवेशन तथा भेला राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेश तथा राष्ट्रिय चिकित्सक संघ लुम्विनीको आयोजनामा लुम्विनी प्रदेश कमिटीका का.वा. अध्यक्ष दोर्ण वहादुर ओलीको अध्यक्षतामा तथा एमाले केन्द्रीय महासचिव शंकर पोखरेलको प्रमुख आथित्यमा सम्पन्न भएको छ।

कार्यक्रममा डा. पुस्प राज रिजालको नेतृत्वमा पन्ध्र सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। जसमा उपाध्यक्ष डा. सुदेश जंग थापा, सचिव डा. शिशिर पोख्रेल, कोषाध्यक्ष डा. चुडामनी न्यौपाने, सहसचिव डा.प्रकाश साहु, सहकोषाध्यक्ष डा. सन्दिप न्यौपाने, सदस्यहरुमा डा.रीम खड्का, डा.हेमन्त खड्का, डा.जनक गुरुङ, डा. विकास न्यौपाने, डा. श्रीधर खनाल, डा. वसन्त चौधरी, डा. निराजन गौतम, डा. कमल खड्का, डा.एलिजा कार्की लगायत सल्लाहकार समिति संयोजकमा डा. वसन्त रेग्मी, सदस्यहरूमा डा. उमाकान्त तिवारी, डा. हेमराज शर्मा, डा. मदन वि सी, डा. देव राज के.सी.लाई सर्बसम्मत रूपमा चयन गरीएको छ।

 

नेकपा एमालेका केन्द्रिय महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्य मंत्री शंकर पोखरेलले वोल्दै जनताको स्वास्थ्यको रक्षाको लागि रातदिन खट्न तयार रहन र समुदाय स्तरसम्म स्वास्थ्यको पहुँच स्थापना गरी गुणस्तरीय सेवा प्रदान गर्न हरहमेशा तयार रहन सुझाव व्यक्त गर्नु भएको थियो ।

अहिलेको सरकारले नेकपा एमालेको सरकारको पालामा स्थापना भएका अस्पतालहरु बन्द गर्न लागि परेको र जनताको मौलिक हकलाई कुण्ठित गर्न खोजी रहेकाले आम चिकित्सक,स्वास्थयकर्मीहरु लगायत आम जनता चनाखो भएर लाग्नु पर्ने बताउनु भयो।

बिषेश अतिथी नेकपा एमाले केन्द्रिय कमिटी पोलिटब्यूरो सदस्य तथा पूर्व स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख सुजिता शाक्यले चिकित्सक तथा स्वास्थ्यकर्मिहरुले कोभिडको महामारीमा आफ्नो ज्यानलाई जोखीममा पारेर सेवा प्रदान गरेकोमा प्रसंशा गर्नु थियो।उक्त कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी दाङ जिल्ला अध्यक्ष हुकुम वहादुर वस्नेत, राष्ट्रिय स्वास्थ्य कर्मी महासंघ नेपाल निर्वाचन आयोग अध्यक्ष मदन कुमार ओलीले शुभकामना मन्तब्य राख्नु भएको थियो।

डा. पुस्प राज रिजालले आफ्नो स्थापना कालमा संघ लाई जनताको लागि समर्पित गर्नेगरी अगाडी बढाउने प्रति ब्यक्त गर्नु भयो।कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटी पोलिटब्युरो सदस्य नरुलाल चौधरी, केन्द्रिय सदस्य घनश्याम पाण्डे, नगर प्रमुख टिका राम खड्का, लुम्विनी प्रदेश कमिटिका पदाधिकारीहरु, जिल्ला कमिटी पदाधिकारिहरु, नगर कमिटी पदाधिकारिहरु, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल दाङका पदाधिकारिहरू, राष्ट्रिय युवा संघ नेपाल दाङ्गका पदाधिकारिहरु, राष्ट्रिय स्वास्थ्य प्राविधिक संघका पदाधिकारि, पत्रकार, स्वास्थ्कर्मी, चिकित्सकहरु लगायतको सहभागीता रहेको थियो।

 

राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश कमिटि सह इन्चार्ज गोपीलाल ओलीको स्वागत महासंघका केन्द्रिय निर्वाचन आयोग सचिव विमल केसीले संञ्चालन गर्नु भएको थियो।

सम्बन्धित शिर्षक :