अपाङ्गता अधिकार अनुदान भन्दा पनि सिप र रोजगारीमा जोड

स्वास्थ्यसमाचार/अपाङ्गता भएका व्याक्तिहरुको समजामा पुर्नस्थापानको लागि उनीहरुलाई अनुदान भन्दा पनि क्षमता विकास, सिप, रोजगारीमा विशेष जोड दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।

आधारभुत स्वास्थ्य परियोजना फेयरमेडको आर्थिक सहयोगमा ईन्द्रेणी, ग्रामिण विकास केन्द्र नेपालको अयोजनामा बुटवलमा भएको अपाङ्गता भएका व्याक्तिहरुको सवालमा जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले अपाङ्गता भएका व्याक्तिहरुको समस्या साझा समस्या भएको भन्दै सबै जना मिलेर समास्या समाधानका लागि लाग्नुपर्नेमा जोड दिएका हुन ।

कार्यक्रममा बोल्दै जिल्ला संमन्ववय समिति रुपन्देहीका अधिकृत तुलसीराम भण्डारीले अपाङ्गता भएका व्याक्तिहरुले संविधानतह व्यवस्था गरिए अनुसारको अधिकार उपभोगका लागि कुनै पनि हिचकिचाहट गर्न नहुने बताउनु भयो ।

उहाँले संमन्वय समितिले स्थानिय पालिकासंग अपाङ्गता अधिकार, पैरवीका लागि भए गरेका कार्यक्रममा संमन्वकारी भूमिका निवाह गर्दै आएको भन्दै भन्डारीले संमन्वय अधिकारी मार्फत सम्वय प्रमुख संग यो विषयमा गम्भिरतापुर्वक छलफल गरिने वताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले अपाङ्गता अधिकार स्थापनाको लागि पैवरी, क्षमता विकास र संगठनका लागि महासंघ जहिले पनि तयार रहेको बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय समितिका अनुशासन आयोग संयोजक पुर्व क्षेत्रीय उपाध्यक्ष देवीबहादुर पोखरेल, फेरमेडका टिम लिडर शशिलाल कर्ण,मन्जु पाण्डे, ईन्द्रेणी, ग्रामिण विकास केन्द्र नेपालका कार्यक्रम संयोजक किरण श्रेष्ठ लगायतले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।

ईन्द्रेणी, ग्रामिण विकास केन्द्र नेपालका उपाध्यक्ष चेतना थापाको अध्यक्षतामा भएको कार्यक्रममा ईन्द्रेणीका कार्यकारी निर्देशक प्रदिप शाह लगायतको सहभागी रहेको कार्यक्रमको संञ्चालन किरण श्रेष्ठले गर्नु भएको थियो।

कार्यक्रममा रुपन्देहीमा अपाङ्गता क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय सदस्य तथा अपाङ्गता संमन्वय समितिका सदस्य सावित्रा घिमिरेले अपाङ्गताको अवस्थाका विविध विषयमा प्रकाश पारेकी थिईन ।

सम्बन्धित शिर्षक :