सिद्धार्थनगरले सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाउने

स्वास्थ्यसमाचार/ सिद्धार्थनगर नगरपालिकाले सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सिद्धार्थनगरको नगर कार्यपालिकाको बैठकले गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । गुट्खा प्रकृतिका सूर्तिजन्य तयारी पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यतामा समेत असर पारेकोले नगर क्षेत्रमा गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए । ‘सिद्धार्थनगरलाई ‘क्लिन’, ‘ग्रिन’ र ‘इको फ्रेन्डली सिटी’ बनाउनु हाम्रो उद्देश्य हो’ सिद्धार्थनगर नगरपालिका मेयर ईश्तियाक अहमद खानले भने, ‘त्यसैअनुरुप गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्री…

प्लाष्टिकको प्रयोग मानव स्वास्थ्य र पर्यावरणका लागि हानिकारक

स्वास्थ्यसमाचार/ रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) ले प्लाष्टिकजन्य पदार्थ नजलाउन आग्रह गरेको छ ।प्लाष्टिकको प्रयोग मानव स्वास्थ्य र पर्यावरणका लागि अत्यान्तै हानिकारक छ। वातावरण र नागरिकको जनस्वास्थ्यलाई मध्यनजर गर्दै पराल, प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थहरुमा आगो नलगाउन आग्रह गरिएको सिद्धार्थनगर नगरपालिका काप्रमुख प्रशासकिय अधिकृत नवराज पौड्यालले वताउनु भयो।पराल, प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थहरु जलाउँदा वातावरण प्रदुषित हुन्छ । वातावरणका साथै नागरिकको जनस्वास्थ्यमा गम्भीर असर पर्ने गरेको चिक्तिसकहरु बताउँछन् ।‘प्लाष्टिकजन्य पदार्थ जलाउँदा वातावरण प्रदुषित भई जनस्वास्थ्य असर परेको हुँदा उक्त कार्य नगर्नका लागि सूचना जारी गरेर सूचित गरेको छौं,’ प्रमुख प्रशासकीय अधिकृत पौड्यालले भन्नुभयो…