बर्दघाट नगरपालिकामा ५० बेडको ट्रमा सेन्टर निर्माण हुने

स्वास्थ्यसमाचार/ पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा ५० बेडको ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ । सघिय सरकारबाट बजेट स्वीकृत भइ निर्माणको प्रक्रिया अगाडि बढेको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनु भयो ।

कुल ३३ करोडको लागतमा बन्न लागेको ट्रमा सेन्टरको यो बर्ष ४ करोड रुपैया बजेट बिनियोजन भएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ ।

ट्रमा सेन्टर निर्माणका लागि आवश्यक पर्ने जग्गा जमिन प्राप्तिका लागी राष्ट्रिय आवास कम्पनीसङ्ग आवस्यक समन्वय र सहजीकरण गर्नका लागि नगर प्रमुख श्रेष्ठको संयोजकत्वमा समिति बनेर काम भइरहेको नगरपालिकाले बताएको छ ।

सम्बन्धित शिर्षक :