स्वास्थ्यमा काम गर्न खोजे तर समय पाएनन लुम्बिनीका दुई मन्त्रीले

स्वास्थ्यसमाचार/नयाँ बर्षको सुरुवात संगै लुम्बिनी प्रदेशमा भएको सरकारमा पहिलो पटक स्वास्थ्य मन्त्री भएका बिष्णु पन्थी मन्त्री भएको ७२ दिनमा सरकारबाट बाहिरीनु परयो। आर्थिक क्षेत्रमा बढी चासो राख्ने पन्थी स्वास्थ्यको क्षेत्रमा पनि छोटोसमयमा केहि का मगर्न खोजेका थिए तर सरकार अदलीबदलीको कारण उनले ७२ दिनमा ४३ कामको सुरुवाता गरेका थिए । उनले गरेका काम स्वास्थ्यमा राम्रो प्रभाब पार्ने खालका थिए । यस्ता छन् मुख्य उपलब्धी कपिलवस्तु अस्पताललाई ५० शैयाबाट १०० शैयामा स्तरउन्नति,प्रदेशस्तरीय सरुवा रोग अस्पताल शिवराज नगरपालिका ०५ चन्द्रौटामा सिलन्यास,लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवललाई १५ शैय्यामा स्तरउन्नति,लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा क्रमशः…

लुम्बिनीमा कोरोना वाट ज्यान गुमाएका परिवारलाई ३ बर्षपछि राहत

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमण भई ज्यान गुमाएका परिवारलाई राहत रकम तीन वर्षपछि बाँकी रकम निकासा दिएको छ ।राहत दिन बाँकी रहेका दाङसहित प्रदेशका १२ जिल्लाका छ सय ३६ मृतकको परिवारलाई छ करोड ३६ लाख रुपैयाँ निकासा दिएको हो । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका परिवारलाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको फागुन ३० गते बसेको बैठकले कोरोना संक्रमित मृतकका परिवारलाई रकम उपलब्ध गराउने निर्णय गरेको थियो । सोहीअनुसार लुम्बिनीका १२ जिल्लामा रकम निकासा दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले जानकारी दिनुभयो । ‘जिल्ला प्रशासन कार्यालयमा…

विष्णु पन्थी लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री बन्ने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशको स्वास्थ्य, मन्त्रीे कपिलवस्तुका विष्णु पन्थी बन्ने भएका छन। लुम्बिनी प्रदेशमा आइतबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले पन्थीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने बताईएको छ । कपिलबस्तु क्षेत्र नं १ को (१) वाट प्रदेश सभामा पन्थी निर्बाचित भएका हुन । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले आइतबार मन्त्रिपरिषद् विस्तार हुने निश्चित जस्तै भएको बताए । लुम्बिनीमा मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि दलहरुबीच भागवण्डा मिलेको छ । मुख्यमन्त्रीसहित १० मन्त्रालयमा एमालेले ४, माओवादीले ३ तथा राप्रपा, जनमत र जसपाले एकएक मन्त्रालय लिनेगरी दलहरुले समझदारी गरेका छन…