नेपालमा एन्टिमाइक्रोबियल रेजिस्टेन्स बढ्दो जनस्वास्थ्यमा चुनौती

स्वास्थ्यसमाचार/ विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मंसिर २–८ सम्मको अवधीको अवसरमा बुटवलमा अन्तरक्रिया गरिएको छ ।स्वाथ्य मन्त्रालय लुम्बिनी प्रदेशको आयोजानमा बुटवलमा भएको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यो विषयमा सबै जना एक जुट हुनुपर्ने बताएका हुन । कार्यक्रममा बोल्दै स्वाथ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले सबैको साथ सहयोग विना प्रतिजैविक प्रतिरोध को काम नहुने बताए । प्रतिजैविक प्रतिरोध हाम्रो शरीरमा रहेका आँखाले नदेखिने भाईरस, ब्याक्टेरिया, परजीवी, ढुसी जस्ता किटाणुहरुले निम्त्याउने रोगहरु बिरूद्द प्रयोग गरिने औषधीलाई प्रतिजैविक औषधी (एन्टिमाइक्रोबियल) भनिन्छ । प्रतिजैविक औषधीको अनुचित प्रयोग गर्दा शरिरका सुक्ष्मजीवले औषधीको प्रतिरोध गर्छन् जसले गर्दा…

लुम्बिनी प्रादेशिक अस्पतालमा ए ग्रेडको आईसियूसहितको एम्बुलेन्स सुभारम्भ

स्वास्थ्य समाचार/ यस क्षेत्रको पुरानो र ठुलो अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालमा ए ग्रेडको आईसियूसहितको एम्बुलेन्सको शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयबाट विनियोजित १ करोड बजेटबाट ए ग्रेडको आईसियुसहितको सुविधा सम्पन्न एम्बुलेन्सको प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले शुभारम्भ गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्य सचिब डा. देवकोटाले ए ग्रेडको एम्बुलेन्स बिरामीलाई एक ठाउँदेखि अर्को ठाउँसम्म उपचारको लागि ट्रान्सफरटेशन मात्रै नभएर उपचार समेत प्राप्त हुने वताउनु भयो।ए ग्रेडको आईसियुसहित एक जना मेडिकल अधिकृत र एकजना स्वास्थ्यकर्मीको रोहबरमा एम्बुलेन्सभित्रै बिरामीले स्वास्थ्य सेवा पाउँने भएकाले सरकारी अस्पतालमा…