स्वास्थ्यसमाचार/स्वास्थ्य सस्थामा मृत्युदर न्यून गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ‘आकस्मिक आधारभूत स्वास्थ्य सेवा’ सम्बन्धी तालिम प्रदान गरिएको छ । प्रभावकारी स्वास्थ्य सेवा व्यवस्थापन गरी स्वास्थ्य सस्थामा मृत्युदर घटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत १२ जिल्लाका २४ जना अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई पाँचदिने तालिम प्रदान गरेको हो । नेपालगञ्जमा हालै आयोजित आयोजित तालिममा अस्पतालमा आकस्मिक सेवा कसरी व्यवस्थापन गर्ने, बिरामी आउनेबित्तिकै रोग तथा समस्याको पहिचान तथा निदान कसरी गर्ने, तत्कालको उपचार कसरी गर्ने, महामारी तथा विपद्को समयमा जटिल किसिमका आउने बिरामीको पहिलो उपचार कसरी गर्ने र आकस्मिक एकाइको…
समाचार
स्वास्थ्य मन्त्रालयले सङ्क्रामक रोगमा सूचीकृत गर्यो ५२ रोग
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूची तयार पारेको हो । सङ्क्रामक रोगहरूको सूचीमा रेबिज, क्षयरोग, कोभिड(१९, दादुरा, डेङ्गु, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआइभी, हात्तीपाइले स्क्रब टाइफस, कालाजार, रुबेलालगायतका रोगहरू रहेका छन् । सङ्क्रामक रोग विशेषज्ञ डा। अनुप बास्तोलाले पहिलो पटक सङ्क्रामक रोगबारे सूचिकृत गरिएको बताए । उनले ती रोगले हुन सक्ने समस्या, अन्तर्राष्ट्रिय स्वास्थ्य नियम र कानुन अनुसार सूचिकृत गरिएको…
बर्खाको समयमा पानीजन्य सरुवा रोगबाट कसरी जोगिने ?
स्वास्थ्यसमाचार/बर्खा लागेसँगै देशभर मनसुन बलियो हुँदैछ । यो मौसममा पानीजन्य सरुवा रोगहरूका साथै कीटजन्य रोग संक्रमण पनि बढ्ने गर्छ । विगत वर्षहरूमा झाडापखाला, हैजा र डेङ्गी लगायत सरुवा रोगहरू महामारीकै रूपमा फैलिएका थिए । यस वर्ष पनि डेङ्गी रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । दैनिक पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार ४३२ जनामा सङ्क्रमण देखिएको छ । उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्ला बाहेक सबै जिल्लामा…
सिद्धार्थ पोलिटेक्निकल कलेजद्वारा बिद्यार्थी स्वागत तथा पूर्व प्रशिक्षक सम्मान
स्वास्थ्यसमाचार/ बुटवल– ९ मा रहेको सिद्धार्थ पोलिटेक्निकल कलेज तथा जीवराज आश्रित स्मृति शैक्षिक केन्द्रमा नयाँ विद्यार्थीहरुलाई स्वागत तथा पूर्व प्रशिक्षक सम्मान गरिएको छ । सिटिईभिटीबाट मान्यताप्राप्त कलेज र केन्द्रले शनिबार एक समारोहका बिच प्रथम वर्षमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।कार्यक्रममा बोल्दै सिटिभिटी लुम्बिनी प्रदेश निर्देशक गोपाल आचार्यले प्राविधिक धारतर्फ नेपालमा ठूलो सम्भावना रहेको बताए । उनले प्राविधिक विषय रोजेर पढेन विद्यार्थीहरुलाई कोही पनि बेरोजगार भएर बस्नु नपर्ने दावी गरे । संस्थाका अध्यक्ष अरबिन्द आचार्य कलेज धेरै विद्यार्थीको रोजाइमा परेको बताए । उनले प्राविधिक शिक्षालाई राज्यबाट समय समयमा विभिन्न…
आम्दामा आमा सुरक्षा कार्यक्रमका लागी बुटबल छुटायो १ करोड बजेट
स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाको १५ औ अधिवेशन बजेट, विभिन्न ऐन संसोधन र विधेयक पारित गर्दै सकिएको छ ।असार ५ गते शुरु भएको १५ औ अधिवेशन बैठकले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक) छलफलसहित सर्वसम्मतिले पारित गर्दै जेठ ९ गतेको बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले प्रस्तुत गरेको २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट पास गरेको छ । अधिवेशनले नगर प्रहरी ऐन बनाएको छ भने छाडा चौपाया व्यवस्थापन र नियन्त्रणसम्बन्धी ऐन, पशु बधशाला सञ्चालन र व्यवस्थापन ऐन, जलश्रोत उपयोग ऐन, कृषि व्यवसाय प्रवर्द्धन ऐन, सहकारी ऐन, शिक्षा ऐन संसोधन गरेको…
डा. प्रकाश थापा भेरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त
स्वास्थ्यसमाचार /भेरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा.प्रकाश थापा नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले मन्त्रीस्तरीय निर्णय गर्दै थापालाई निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएका हुन् । वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.थापाले तेस्रो पटक निमित्त मेसुको जिम्मेवारी सम्हालेका हुन् । यसअघि उनले कोभिड—१९ अघि र कोभिड—१९ का बेला पनि भेरीको जिम्मेवारी सम्हालिसकेका हुन् । नेपालगन्जस्थित भेरी अस्पताल पश्चिम क्षेत्रकै ठूलो सरकारी अस्पताल हो । यसअघि भेरी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टमा डा. अजित रायमाझी रहेका थिए ।
आम्दा अस्पताल बुटवलमा फार्मेसी, नर्सिङ र एचए कक्षामा भर्ना खुल्यो
स्वास्थ्यसमाचार/ बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा डिप्लोमा इन फार्मेसी, पीसीएल नर्सिङ र एचए विषयको अध्ययनका लागी भर्ना खुलेको छ। बुटवल उपमहानगरपालिकाको पहलमा आम्दामा डिप्लोमा इन फार्मेसी, पीसीएल नर्सिङ र एचए विषयको अध्ययन सुरु गर्नका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटीसँग अनुमति लिई भर्नाका लागी आवेदन फारम खुलाएको छ। श्रावण १३ गते सम्म भर्ना र १९ गते प्रबेश परिक्षा हुने आम्दा अस्पतालले जनाएको छ । एचए विषयको अध्ययनको लागी ३ लाख २३ हजार २ सय, डिप्लोमा इन फार्मेसी, २ लाख ७० हजार २ सय ४० र पीसीएल…
‘जोखिम मोलेर गर्भपतन गराउँछन् स्कुले किशोरीहरु’
नेपालमा गर्भवतीको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गराउन सकिने व्यवस्था छ। जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ। गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा हुने वा निजको शारीरिक, मानसिक स्वास्थ्यमा असर पर्ने खतरा देखियो भनेसमेत गर्भपतन गराउन सकिन्छ। विकलाङ्ग बच्चा जन्मन सक्ने सम्भावना भएमा जुनसुकै समयमा पनि महिलाको मञ्जुरीमा गर्भपतन गराउन सकिने छ। कानुनले तोकेको अवधि, प्रक्रिया र स्थानमा नगरेमा महिलालाई समेत सजाय हुनसक्छ। त्यस्तै प्रचलित कानुनले भ्रुणको लिंग पहिचान गरेर त्यसको आधारमा गरिने गर्भपतनलाई अपराध मानेको छ। अहिलेसम्म पनि लिङ्ग पहिचान गरेर गर्भपतन गराउनेको संख्या…
रोल्पामा अस्पतालमा १ सय ३७ महिलाको पाठेघरको शल्यक्रिया
स्वास्थ्यसमाचार/ प्रदेशको रोल्पा जिल्लामा १ सय ३७ जना महिलाको पाठेघरको सफल शल्यक्रिया गरिएको छ । ३ दिन सम्म जिल्ला अस्पताल रोल्पा रेउघामा आयोजना गरिएको पाठेघर खस्ने समस्या भएका १ सय ३७ जना महिलाको पाठेघरको सफल शल्यक्रिया गरिएको गरिएको हो । गत असार असार ६ गतेदेखि सञ्चालन गरिएको पाठेघर खस्ने समस्या भएका बिरामी महिलाको निःशुल्क शल्यक्रिया शिविर आयोजना गरिएको थियो ।उक्त शिविरबाट रोल्पाका ७७ जना, रुकुम पूर्वका २१ जना र प्युठानका ३९ जना गरी तिन जिल्लाका करिब १ सय ३७ जना महिलाको पाठेघरको सफल शल्यक्रिया सेवा पाएका छन । प्रदेशको स्वाथ्य…
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा १ हजार जनाको एन्जियोप्लास्टी
स्वास्थ्यसमाचार/राजधानी बाहिर पहिलो पटक सबैभन्दा बढि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा एन्जियोप्लास्टी उपचार गरिएको छ । अस्पतालले २०७३ चैत २४ क्याथल्याब सञ्चालन गर्ने अनुमति प्राप्त गरी २०७४ बैशाख १३ गतेबाट क्याथल्याव सुरुवात गरेको थियो ।१००० जना विरामीको सफल उपचार गर्न सफल भएको अवसरमा अस्पताल परिषदमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष यजाज आलमले सामुदायिक अस्पतालले यो क्षेत्रमा सबैभन्दा राम्रो काम गरेको बताए ।मुटु जस्तो गम्भिर प्रकृतिको उपचार छाटो समयमा नै १००० जनाको गर्न सक्नु आफैमा गौरवको विषय भएको उनको भनाई रहेको थियो । विहिबार…