प्युठानमा नसर्ने रोगको स्क्रिनिङ्ग : रक्तचाप, मधुमेह र मोटोपनामा चिन्ता

स्वास्थ्यसमाचार/ प्युठानमा नसर्ने रोगको स्क्रिनिङ्ग अभियान–२०८२ अन्तर्गत ३० वर्षमाथिका जनतामा स्वास्थ्य परीक्षण कार्य तीव्र गतिमा सञ्चालन भएको छ । अभियानले जिल्लाभरि स्वास्थ्य सचेतना बढाउने मात्र नभई प्रारम्भिक रोग पत्ता लगाएर समयमै उपचार सुरु गर्ने उद्देश्य राखेको छ।स्वास्थ्य कार्यालयले तोकेको लक्ष्य अनुसार जिल्लाका २१,हजार ६सय १२ जना व्यक्तिहरूको स्क्रिनिङ्ग गर्ने योजना थियो। अहिले सम्ममा१२हजार ८सय ८४ जनाको परीक्षण सम्पन्न भएको छ, जसले लक्ष्यको करिब ५९.६२ प्रतिशत पुरा गरेको स्वास्थ्य कार्यालय प्रमुख नरेश श्रेष्ठले बताउनु भयो ।“स्क्रिनिङ्ग अभियानले मानिसको स्वास्थ्य स्थितिबारे प्रारम्भिक जानकारी दिन्छ र भविष्यमा हुने गम्भीर रोग रोकथाममा सहयोग पु¥याउँछ।…

रास्वपाको बाचापत्र: शत प्रतिशत स्वास्थ्य बीमा र गुणस्तरीय सेवा

स्वास्थ्यसमाचार /  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी बाचापत्र ‘नागरिक करार’ सार्वजनिक गर्दै जन्मदेखि मृत्युसम्म आवश्यकतामा आधारित एकीकृत सामाजिक सुरक्षा प्रणाली लागू गर्ने घोषणा गरेको छ। यस प्रणाली अन्तर्गत हरेक नागरिकका लागि शत प्रतिशत स्वास्थ्य बीमा, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा, साथै सार्वजनिक स्वास्थ्य संरचनाको सुदृढीकरण प्राथमिकतामा राखिएको छ। पार्टीले बाचापत्रमा डिजिटल सुशासन, चुस्त सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणलाई पनि मुख्य प्राथमिकता दिएको छ। सरकारी सेवामा लाइन बस्ने बाध्यता हटाई ‘लाइन होइन, अनलाइन’ प्रणाली लागू गर्ने र राष्ट्रिय परिचयपत्रलाई सेवाको आधार बनाउने प्रतिवद्धता सार्वजनिक गरिएको छ। रास्वपाले स्वास्थ्य, शिक्षा…

एमालेको घोषणापत्र: स्वास्थ्य सेवा सर्वसुलभ बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि सार्वजनिक गरेको चुनावी घोषणापत्रमा स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली ले काठमाडौंमा घोषणापत्र सार्वजनिक गर्दै आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र सर्वसुलभ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। घोषणापत्रमा एमालेले “स्वदेशमै विश्वस्तरीय स्वास्थ्य सेवा” उपलब्ध गराउने लक्ष्य अघि सारेको छ। वडा तहदेखि केन्द्रसम्म अस्पताल पूर्वाधार निर्माण, आधुनिकीकरण, आधुनिक उपकरणको व्यवस्था र दक्ष जनशक्ति व्यवस्थापनमार्फत स्वास्थ्य प्रणाली सुदृढ गरिने उल्लेख छ। आधारभूत स्वास्थ्य सेवा सर्वसुलभ एमालेले आधारभूत स्वास्थ्य सेवालाई प्रमाणमा आधारित प्राथमिकताका साथ निःशुल्क र…

कपिलवस्तुको मायादेवीमा स्वास्थ्य पेस्की प्रकरण : ७ जनालाई सफाइ

काठमान्डौ / विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू महेन्द्र प्रसाद यादव, रामचन्द्र ढकाल, कृष्ण प्रसाद तिमिल्सिना र परमेश्वर यादव, तत्कालीन लेखा अधिकृत प्रकाश गौतम, लेखापाल तुलसीराम पौडेल र लेखा सहायक गिरिराज गौतमलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखाका कर्मचारीसहित ७ जना विरुद्ध स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न भनी लिएको पेश्की रकम काम सम्पन्न नगरी र बिल भरपाई पेस नगरी हिनामिना गरेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । यादवले…

नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य: ‘ओखती र ओत दिने नेपाल’

स्वास्थ्यसमाचार/ आसन्न निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेसले आज जनकपुरमा प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । अघिल्ला निर्वाचनहरुमा लामो लामो प्रतिज्ञापत्र ल्याउने काँग्रेसले पनि यसपटक सम्छिप्त रुपमा प्रतिवद्धता पत्र तयार पारी सार्वजनिक गरेको छ । काँग्रेस सभापति गगनकुमार थापाले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा आगामी पाँच वर्षका लागि पार्टीले लिने नीति तय गरिएको छ । १० भिजन भनेर दिईएको प्रतिज्ञा पत्रको पाँचौँ नम्बर बुँदामा स्वास्थ्यको विषय समेत अटाएको छ । ‘ओखती र ओत दिने नेपाल’ राखिएको १० भिजनको पाँचौँ नम्बर बुँदामा भनिएको छ, ‘हाम्रो परिकल्पनाको नेपाल गर्भावस्था देखि बृद्धावस्थासम्म नै नागरिकको स्वास्थ्यप्रति राज्य…

पाण्डेले स्वास्थ्यलाई केन्द्रमा राख्दै समृद्ध रुपन्देहीको घोषणा प्रस्तुत गरे

स्वास्थ्यसमाचार/ नेपाल कम्युनिष्ट पार्टी रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार विश्वदीप पाण्डे ‘शुभाष’ले समृद्ध रुपन्देहीको खाकासहित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। शिक्षा, स्वास्थ्य, युवा, लैंगिक समानता तथा भौतिक पूर्वाधार गरी पाँच शीर्षकमा केन्द्रित घोषणापत्रमा विशेषगरी जनस्वास्थ्य सुधार र स्वास्थ्य पूर्वाधार सुदृढीकरणलाई प्रमुख एजेन्डाका रूपमा अघि सारिएको छ। स्वास्थ्य : अन्तर्राष्ट्रियस्तरको सेवा विस्तारको लक्ष्य घोषणापत्र अनुसार रुपन्देहीको स्वास्थ्य सेवा प्रणालीलाई गुणस्तरीय, पहुँचयोग्य र सर्वसुलभ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। विशेषगरी लुम्बिनी प्रादेशिक अस्पताल लाई अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधासहित स्तरोन्नति गर्ने योजना अघि सारिएको छ। अस्पतालमा अत्याधुनिक उपकरण जडान, विशेषज्ञ…

लुम्बिनी प्रदेशमा ‘सुरक्षित मातृत्व अभियान’ सुरु

स्वास्थ्यसमाचार / सरकारले मातृ तथा नवजात शिशु मृत्युदर घटाउने लक्ष्यसहित ‘सुरक्षित मातृत्व अभियान’ विशेष कार्यक्रम सुरु गरेको छ। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले रुपन्देही र नवलपरासीका स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालासँग अन्तरक्रिया गर्दै अभियानको अवधारणा तथा कार्यढाँचा सार्वजनिक गरेको हो। सरोकारवालाबाट सुझाव संकलन गरी अभियानलाई थप प्रभावकारी बनाउने मन्त्रालयको लक्ष्य छ। कार्यक्रमले निःशुल्क प्रयोगशाला सेवा तथा युएसजी परीक्षण, सम्मानजनक तथा भेदभावरहित सेवा प्रवद्र्धन र स्थानीय तहस्तरीय अनुगमनलाई एकीकृत ढंगले अघि बढाउने निष्कर्ष निकालेको छ। मन्त्रालयका अनुसार प्रदेशमा गर्भवती जाँच (एएनसी) ८२ प्रतिशत र संस्थागत सुत्केरी ८७ प्रतिशत पुगेको छ। तर…

लुम्बिनीमा स्वास्थ्य आपतकालीन सेवा सुदृढीकरण कार्यशाला सम्पन्न

स्वास्थ्यसमाचार/ प्रादेशिक अस्पताल लुम्बिनी (हब) को आयोजनामा तथा प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र, लुम्बिनी प्रदेश को समन्वयमा स्वास्थ्य आपतकालीन सेवा सुदृढीकरण सम्बन्धी कार्यशाला आज सम्पन्न भएको छ। प्रादेशिक अस्पताल लुम्बिनी अन्तर्गतका हब तथा स्याटेलाइट अस्पताल नेटवर्कमार्फत प्रदान हुने स्वास्थ्य आपतकालीन सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यशालामा प्रदेशभरिका सम्बन्धित अस्पतालका प्रमुख, आपतकालीन सेवा संयोजक तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन प्रमुख डा. प्रकाश बुढाथोकीले जनस्वास्थ्य आपतकाल तथा विपद्‌को अवस्थामा अस्पतालहरूको भूमिकाको महत्व औंल्याउँदै विपद् पूर्वतयारीलाई सुदृढ बनाउनु अपरिहार्य…

लुम्बिनी प्रदेशमा स्वास्थ्यको प्रमुख गन्तव्य बन्दै रुपन्देही जिल्ला

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला पछिल्ला वर्षहरूमा स्वास्थ्य क्षेत्रको प्रमुख गन्तव्यका रूपमा तीव्र रूपमा उभिँदै गएको छ। विशेषगरी बुटवल, भैरहवा र देवदह क्षेत्रमा सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूको विस्तारसँगै जिल्लाको समग्र स्वास्थ्य पूर्वाधार मजबुत बन्दै गएको हो। जिल्लामा ठूला लगानीका अस्पताल सञ्चालनमा आएका छन् भने केही अत्याधुनिक अस्पताल निर्माणाधीन अवस्थामा छन्। यसको केन्द्रमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लाई १२ सय शय्यामा विस्तार गर्ने लक्ष्यसहित करिब ७ अर्ब रुपैयाँ लागतमा पूर्वाधार निर्माण तीव्र गतिमा अघि बढिरहेको छ। प्रदेशस्तरीय मात्र नभई बहुप्रदेशीय सेवा केन्द्रका रूपमा विकसित हुँदै गएको उक्त अस्पतालमा लुम्बिनी प्रदेशसँगै…

४ अर्ब ५० करोड रुपैयाँ लगानीमा बनेको २०० शय्याको एडभान्स इन्टरनेशनल हस्पिटल बैशाख १ गतेबाट सञ्चालनमा आउने

स्वास्थ्यसमाचार/ सिद्धार्थ नगरपालिका—८, अन्नपूर्ण टोलमा निर्माणाधीन २०० शय्याको एडभान्स इन्टरनेशनल हस्पिटल प्रा.लि. बैशाख १ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। अस्पतालको भवन तयार भइसकेको छ भने चिकित्सक तथा कर्मचारीको नियुक्ति पनि पूरा भइसकेको अस्पताल ब्यबस्थापनले जनाएको छ । अस्पतालमा ४ अर्ब ५० करोड रुपैयाँ लागतमा सात तलाको अत्याधुनिक भवनमा सेवा निमार्ण गरिएको छ। हस्पिटलमा न्यूरोलोजी, कार्डियोलोजी, अर्थोपेडिक्स, अब्स-गाइनोकोलोजी लगायतका विशेषज्ञ सेवा उपलब्ध हुनेछ। रेडियोलोजी, प्याथोलोजी, अल्ट्रासाउण्ड, इसिजी, इको कार्डियोग्राफी, इण्डोस्कोपी, ब्रोंन्कोस्कोपी, कोलोनोस्कोपी जस्ता अत्याधुनिक परीक्षण तथा उपचार सुविधा पनि उपलब्ध गराइने अस्पतालका अध्यक्ष कमल भण्डारीले बताउनु भयो। उहाले भन्नु…