असहज भएपछि अस्पताल लैजाँदै गर्दा डा. विजय पौडेलको निधन

स्वास्थ्यसमाचार/ नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ। असहज महसुस भएपछि अस्पताल लैजाने क्रममा उनको निधन भएको हो।

नैकापस्थित आफ्नै निवासमा रहेका बेला असहज महसुस गरेपछि पौडेललाई नजिकैको बर्न अस्पताल लगिएको थियो।

अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका नेकपा संयुक्तका प्रवक्ता दामोदर अर्यालले जानकारी दिए।

पौडेललाई हृदयाघात भएको आशंका गरिएको छ। यद्यपि, उनको निधनको आधिकारिक कारण भने पुष्टि हुन बाँकी छ।

डा. पौडेल पुराना कम्युनिस्ट नेता मोदनाथ प्रश्रितका एकमात्र छोरा हुन्। उनका श्रीमती र दुई छोराछोरी छन्।

सम्बन्धित शिर्षक :