स्वास्थ्यसमाचार /स्वास्थ्य क्षेत्रमा अलग पहिचान बनाउन सफल बुटवल हस्पिटल प्रा.लि.ले हिन्दु नेपालीहरुको ठुलो पर्व दशै अवधीभर पनि आफ्ना सबै स्वास्थ्य सेवा संचालन गर्ने भएको छ । चाडपर्वको वेला अधिकाश स्वास्थ्य संस्थाहरु बन्द हुदां विरामीहरुलाई मर्का पर्ने भएकोले अस्पतालले आफ्ना सेवाहरु नियमित रुपमा संचालनमा राख्ने जनाएको हो । बुटवल हस्पिटल प्रा.लि.ले ईर्मेजेन्सी, आईसीयु, एचडियु,जनरल वार्डहरुका साथै अधिकाशं ओपिडी सेवाहरु समेत संचालन गर्ने छ । असोज २४ गतेदेखि २८ गतेसम्म दशैं पर्वको अवसरमा सार्वजनिक विदा हुने गर्दछ । जसका कारण अधिकाश स्वास्थ्य सेवाहरु समेत बन्द हुने गर्दछन् । चाडपर्वमा विरामीहरुका लागि स्वास्थ्य…
समाचार
लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीद्धारा लिम्स बुलेटिन बिमोचन
स्वास्थ्यसमाचार /फिजिसियन चिकित्सकहरुको संस्था लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीले लिम्स मेडिकल बुलेटिन बिमोचन तथा विजया दशमी, शुभ दिपावली, छठ पर्वको शुभकामना कार्यक्रम गरेको छ । रुपन्देही क्षेत्रमा बिरामी उपचारको क्रममा भेटिएका रोग, त्यसको निदानहरूको बारे अनुसन्धानमूलक जानकारीहरु तथा चिकित्सकहरुको लेखहरु समेटेर बुलेटिन तयार भएको बुलेटिनका प्रमुख सम्पादक डा सुभाष ज्ञवालीले वताउनु भयो । एक कार्यक्रमका बिच नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा. कृष्ण खरेल, सोसाइटीका अध्यक्ष डा विष्णुप्रसाद पौडेल, उपाध्यक्ष डा नन्दु पाठक, डा. हरि पन्थीले सामुहिक रुपमा बुलेटिन बिमोचन गर्नु भयो । कार्यक्रममा नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा. कृष्ण…
पुरुषमा भन्दा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम
स्वास्थ्यसमाचार/पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी हुने अध्ययनले देखाएको छ ।महिलाहरुमा विभिन्न मनोसामाजिक कारणले गर्दा मानसिक स्वास्थ्य समस्याको जोखिम पुरुषको तुलनामा बढी रहेको अध्ययनहरुले देखाएको परोपकार प्रसुती तथा स्त्रीरोग अतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताउनु भयो । गर्भवती र सुत्केरी महिला आमाको स्वास्थ्यलाई मध्यनजर गरी मानसिक स्वास्थ्य (ओपिडी) सेवा र नवजात शिशुमा हुनसक्ने मेटाबोलिक रोग पत्ता लगाउन गरिने न्युबर्न स्क्रिनिङ सेवाको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले गर्भधारण गरेका र सुत्केरी महिलाहरुलाई मानसिक तनाव, उदासिनता जस्ता मानसिक समस्याहरुको जोखिम अझ बढी हुने बताउनु भयो । उहाँकाअनुसार विकसित देशहरुमा करिव १०…
रेडक्रस रुपन्देहीमा ब्लड बैंक सफ्टवेयर तथा मोवाईल एप सुचारु
स्वास्थ्यसमाचार नेपाल रेडक्रस सोसाईटी रुपन्देहीले ब्लड बैंक सफ्टवेयर तथा मोवाईल एप सञ्चालनमा ल्याएको छ । संचार प्रबिधिको बढ्दो प्रयोगसंगै रक्त सञ्चार सेवालाई पनि अत्याधुनिक, व्यवस्थित, मितव्यायी, जवाफदेहिता, पारदर्शी तथा डिजिटल रुपमा सञ्चालन गर्न सफ्टवयेर र मोवाईल एप सञ्चालनमा ल्याईएको रेडक्रस रुपन्देहीले जनाएको छ। रक्त सञ्चार सफ्टवयर अन्तरगत सम्पुर्ण टाडावेश, रक्तदान गरेका व्यक्तिलाई धन्यवाद, जन्तमदिनमा शुभकामना सहित एसएमएस नोटिफिकेसन, स्वचालित विलिङ सिस्टम र विल प्रिन्ट गर्न मिल्ने, व्यक्तिगत युजर तथा पासवर्ड, ल्याव रिर्पोट, डोनर कार्ड, सर्टिफिकेट तथा नगद भौचर ईमेल मार्फत पठाउन मिल्ने सोसाईटिका कोषाध्यक्ष शुशिल गुरुङले जानकारी गराउनु भयो त्यसैगरी…
लुम्बिनी प्रादेशिक अस्पतालमा एक वर्षमा साढे ४ लाख विरामीले लिए सेवा
स्वास्थ्यसमाचार/ यस क्षेत्रको सबैभन्दा पुरानो र ठुलो लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा एक बर्षमा ४ लाख ४८ हजार बढीलाई सेवा दिएको छ। अस्पतालको रेकर्ड शाखाको तथ्याङक अनुसार ओपीडीमा ३लाख४८ हजार९सय ७१ आईपीडीमा २६हजार ८ सय ८८ र इमर्जेन्सीमा ७२ हजार २ सय ४४ जना गरि कुल ४ लाख ४८ बढीलाई सेवा दिएको जनाएको हो । अस्पतालको तथ्याङक शाखाका अनुसार आर्थिक बर्ष २०८०÷८१मा लेवर वाडमा १२ हजार २ सय १७ अर्थाेबाडमा ११सय ४५ र्सजीकल वाडमा १३सय १६ मेडिकल बार्डमा २७ सय ८३ बच्चा वाडमा २१सय ३५ आईसीयुमा २१सय ४४ एनाशियुमा ७सय ३…
कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टरको मुख्यमन्त्री उद्घाटन
स्वास्थ्यसमाचार/स्वास्थ्यसमाचार कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टर उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहिवार एक कार्यक्रमका विच बाणगंगा–१ कपिलवस्तु जिल्लामा डायलाइसिस सेन्टरको उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरु संग सहकार्य गर्ने बताउनु भएको छ । नागरिकलाई निरोगी बनाउदै स्वस्थ समाज निर्माण गर्न सामुदायिक अस्पतालहरु संग सहकार्य गर्ने बताउनु भएको हो । नितिगत सुधार गरेर हुन्छ कि कार्यविधि निर्माण गरेर हुन्छ प्रदेश सरकार सामुदायिक अस्पतालहरु संग सहकार्य गर्न तयार छझउहाँले भन्नुभयो–झसमुदायलाई निरोगी बनाउनु छ, नसर्ने…
लुम्बिनी प्रदेशः स्वास्थ्य कार्यालयमा पाल्पा, आयुर्वेदमा अर्घाखाँची र अस्पतालमा बर्दिया उत्कृष्ट
स्वास्थ्यसमाचार/गत आर्थिक बर्ष २०८०\८१ को कार्यसम्पादनको आधारमा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य कार्यालय, अस्पताल तथा आयूर्वेद स्वास्थ्य केन्द्रलाई उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । स्वास्थ्य कार्यालय तर्फ पाल्पा प्रथम भएको छ । रोल्पा द्धितिय र गुल्मी तृतिय भएको छ । यस्तै अस्पताल तर्फ बर्दिया अस्पताल प्रथम भएको छ भने भने लुम्बिनी प्रादेशिक अस्पताल बुटवल द्धितिय र अर्घाखाँची अस्पताल तृतिय भएको छ । आयुर्वेद तर्फ अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र प्रथम भएको छ भने लुम्बीनी आयुर्वेद चिकित्सालय द्धितिय र कपिलबस्तु आयुर्वेद चिकित्सालय तृतिय भएको छ । स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेशस्तरीय…
लुम्बिनीको स्वास्थ्य सुधार्ने यस्ता छन् १५ बुदे घोषणा ?
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका अत्याधिक विरामी चाप हुने अस्पताहरुमा ई–टिकेटिङ, टोकन प्रणाली र बीमा काउन्टर सेवा थप गरिने भएको छ । आर्थिक बर्ष २०८०/०८१ को स्वास्थ्य कार्याक्रमहरुको बार्षिक समिक्षा गर्दै जारी गरिएको १५ बुदे घोषणापत्रमा अत्याधिक बिरामी चाप हुने अस्पतालहरुमा ई–टिकेटिङ, टोकन प्रणाली र बीमा काउन्टर सेवा थप गर्ने बिषय समेटिएको हो । स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा गर्दै घोषणापत्र जारी गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्य र स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जनस्वास्थ्य समस्याहरुलाई सम्वोधन गर्नेगरी कार्यक्रम बनाउन पहल लिनु भएको थियो । सोही आधारमा समिक्षा कार्यक्रमको माध्यमबाट नवीनतम योजना सहित विभिन्न योजना अघि…
सियारीमा जेष्ठ तथा अपाङ्गता नागरिकको घरमै पुगेर स्वास्थ्य परिक्षण
स्वास्थ्यसमाचार /रुपन्देहीको सियारी गाउँपालिकाले जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिहरुलाई घरमै पुगेर स्वास्थ्य परिक्षण गर्न शुरु गरेको छ । जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिहरुको उपचारको सहजताका लागि घरमै पुगेर स्वास्थ्य परिक्षण गर्नेको थालनी गरिएको सियारीले जनाएको छ । घरमै पुगेर स्वास्थ्य परिक्षण गर्दै आएको सियारीले जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई आवश्यक औषधी समेत प्रदान गर्दै आएको छ । सियारी गाउँपालिकाले ७ वटा वडामै रहेका जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिलाई घरमै पुगेर स्वास्थ्य परिक्षण गर्दै आएको हो । सियारीले गत बर्ष पनि पालिकाका सातै बटा वडामा पुगेर स्वास्थ्य…
स्वास्थ्य मन्त्रालयको समिक्षा सुरु:स्वस्थ जीवनशैली प्रर्बद्धन गर्न योजना कार्यान्वयनमा जुट्नुसः मुख्यमन्त्री आचार्य
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न जनस्वास्थ्यमा देखिएका समस्या समाधानकालागि योजना निर्माण गरेर कार्यान्वयनमा जुट्न निर्देशन दिनु भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आर्थिक बर्ष २०८०्/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेश स्तरीय समिक्षा कार्यक्रमलाई सोमवार लमहीमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशको प्रमुख स्वास्थ्य समस्याको रुपमा देखा परेको मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषण, रक्त अल्पता जस्ता समस्या न्यूनिकरण गर्न ठोस कार्यक्रम बनाएर कार्यान्वयनमा जुट्न निर्देश दिनु भएको हो । ‘बिशेष योजना बनाएर समस्या न्यूनिकरणमा लाग्नुस । कार्यक्रम बनाउनुस, बढी भन्दा बढी जनचेतना अभिवृद्धिमा केन्द्रित गर्नुस’मुख्यमन्त्री…