के हो माइग्रेन ? यसका लक्षण र यसरी गर्न सकिन्छ रोकथाम

स्वास्थ्यसमाचार/माइग्रेन एक प्रकारको टाउको दुखाइ हो । यसको दुखाइ निकै कडा हुन्छ । लामो समयसम्म लगातार एकनासले टाउको दुखिरहन्छ भने माइग्रेन भएको पनि हुन सक्छ । नसाको कमजोरीका कारण माइग्रेन हुने गर्छ । माइग्रेन हुँदा एक्कासि टाउको दुखाइ सुरु भएर लामो समयसम्म दुख्ने गर्दछ । जटिल खालको माइग्रेन हुँदा हात–खुट्टा नचल्ने, आँखा दुख्ने झम्झमाउनेजस्ता लक्षण देखा पर्दछन् । मष्तिष्कभित्र रक्तसञ्चार गर्ने नसा कुनै कारणले फुल्न थाल्छ, अनि टाउको दुखाइको मात्रा बढ्दै जान्छ । यो न्यरोलोजिकल समस्या हो । शरीरले गर्ने न्युरोट्रान्समिटरको उत्पादनका कारण पनि माइग्रेन हुने गर्दछ । लक्षणहरु Image…

यसरी रहन गयो नाम कोभिड-१९ को नयाँ सबभेरियन्ट केपी.१ र केपी.२

स्वास्थ्यसमाचार/त्यसो त कोभिड – १९ महामारी विश्वजगतबाटै सेलाइसकेको अवस्था छ । कोभिडविरुद्ध विकास गरिएका खोपहरूले केही वर्षसम्म विश्वलाई नै आफ्नो मुठ्ठीमा पारेको भाइरसलाई तहसनहस बनाइदिएको छ । खासमा भन्नु पर्दा कोभिड – १९ अब सामान्य जस्तै देखिएको छ । तर, यी भाइरसमा पनि बदलिने भेरियन्ट तथा सबभेरियन्टले बेला बखतमा चर्चामा भने रही नै रहेको हुन्छ । पछिल्लो पटक ओमिक्रोनको सबभेरियन्टको रुपमा देखा परेको केपी.१ र केपी.२ ले पुन: एक पटक कोभिड चर्चामा आएको छ । खासमा केपी .१ तथा केपी.२ भेरियन्ट धेरै पछि देखिएको अलि कडा भेरियन्ट हो । त्यसैले…

बुटवल हस्पिटल प्रा ली को सेवा नयां भवनमा

स्वास्थ्यसमाचार/ बुटवल हस्पिटल प्रा ली ले नयां भवनबाट सेवा शुरु गरेको छ । बुटवल उपमहानगरपालिका वडा न ६ चांदवारी चोकको उत्तरपट्टि आफनै सुविधा सम्पन्न भवनबाट सेवा शुरु गरेको हो । विगत २४ वर्षदेखि बुटवलको अस्पताल लाइनबाट स्वाथ्य सेवा प्रदान गर्दै आएको हस्पिटलले अत्याधुनिक उपकरणहरु समेत थप गरि सेवा विस्तार गरेको हो । सरकारले स्वाथ्य संस्थाहरुलाई पुर्वाधार निमार्णका लागि दिएको समयभित्रै बुटवल हस्पिटलले भवन निमार्ण गरि सेवा शुरु गरेको हो । स्वाथ्य क्षेत्रमा आएका आधुनिक उपकरणहरु समेत जडान गरि बुटवल हस्पिटलले एक पटकमै धेरै मोडुलर अप्रेशन थ्रेटरहरु संचालनमा ल्याएको छ ।…

तिलोत्तमामा महिलाहरुको पाठेघरको मुखको क्यान्सरको ’स्क्रिनिङ’

स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिकाको आयोजनामा महिलाहरुको पाठेघर सम्बन्धी जाँच शिविर गरिएको छ । महिलाहरुको पाठेघरको भिआईए परिक्षण गरिएको हो । जेठ २ गते बाट सुरुवात भएको शिविर आनन्दवनबाट सुरुवात भएको थियो । सोही अनुसार शंकरनगर स्वाथ्य चौकीमा शिविर उद्घाटन कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अर्यालले महिलाहरुको स्वाथ्य अवस्थालाई ध्यानमा राखेर शिविर आयोजना गरिएको बताउनु भयो । उहाले पाठेघरको समस्या जटिल समस्या भएको भन्दै सोही अनुसार नगरपालिकाले आफैले यो शिविर आयोजना गरिएको बताउनु भयो। प्रमुख प्रशासकिय अधिकृत अर्यालले समयमा नै परिक्षण गरेर जानकारी भएमा जटिल प्रकृतिको क्यान्सर लगायतका यौन तथा…

ग्यास्ट्रो सेन्टर बुटवलमा पहिलो पटक स्क्लेरोथेरापी सेवा सुरु

स्वास्थ्यसमाचार/ग्यास्ट्रो सेन्टर बुटवलले पहिलो पटक स्क्लेरोथेरापीका सेवाको सुरुवात गरेको छ। ग्यास्ट्रो सेन्टरमा वरिष्ठ ग्यास्ट्रोलोजिष्ट डा.मोहन भुसालको नेतृत्वमा डा. सविर श्रेष्ठ लगायतको टोलीले उक्त सेवा प्रदान गरेको हो । नवलपरासी निवासी ७० बष्र्षिय महिलालाई यो सेवा प्रदान गरिएको प्रालिका बरिष्ठ ग्यास्ट्रोलोजिष्ट डा. मोहन भुसालले बताउनु भयो । स्क्लेरोथेरापी सुईको माध्यमबाट आन्द्रामा पठाई बिरामीको आन्द्रामा भएको रक्तश्राव रोक्न सकिने डा भुसालले बताउनु भयो। उहाले बुटबल ग्यास्ट्रो सेन्टरले पेट आन्द्रा तथा कलेजो प्याक्रिज सम्बन्धीत बिशेषज्ञ सेवा थप्दै जाने जनाएको छ ।

मानव जीवन चक्र र स्वास्थ्य – खिम बहादुर पौडेल

मानव बिकासका चरणहरु र स्वास्थ्य मानव बिकासका चरणहरु भन्नाले गर्भावस्थादेखि मृत्युसम्मका अवस्थाका चरणहरुलाइ जनाउछ | यसलाई जीवन अवधिका विभिन्न अवस्था पनि भनिन्छ | मानव बिकासका चरणहरु विभाजन गर्ने मुख्य आधार शारीरिक उमेरलाइ मानिन्छ |  ढुंगे युगमा अन्य जनावर सरह जीवनयापन गर्ने मानव बर्तमान विश्वको सबैभन्दा बिकसित र समुन्नत प्राणी हो  | मानवजातिको उदभव भन्नाले बर्तमानमा पृथ्बीबाट लोप भएका मानव पुर्खाहरु (Primate) जस्तै: नरवानर (Ape) बाट क्रमिक रुपमा विकास भई अहिलेको मानव अवस्थासम्मको प्रकृयालाइ बुझिन्छ | नरवानर जस्तै पुर्खाबाट क्रमिक रुपमा विकास हुदै अहिलेको मानवका रुपमा आइपुग्न करिब ६०००००० ( साठी…

पाल्पाका नौं हजार बालबालिकालाई पोलियो बिरुद्धको खोप लगाउने

स्वास्थ्यसमाचार/ पोलियो बिरुद्धको खोपबारे पाल्पाका संचारकर्मी तथा पत्रकारहरुलाई अभिमुखीकरण गरिएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्रकुमार गिरीले पोलियो बिरुद्धको खोप अभियान प्रभावकारी बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । २०७२ जेठ महिनादेखि २०७५ भदौं महिनासम्म खोप अभावका कारण पाल्पाका नौं हजार बढी बालबालिका पोलियो बिरुद्धको खोप लगाउन छुटेका थिए । ती बालबालिकालाई अहिले खोप लगाउन लागिएको उहाँले जानकारी दिनुभयो । विगतमा छुटेका बालबालिकालाई खोप लगाउने उद्देश्यले यही जेठ १३ गतेदेखि २६ गतेसम्म पोलियो बिरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको डा. गिरीले जानकारी दिनुभयो । पाल्पामा नौं हजार…

रुरु गाउँपालिकाको रिडीमा आँखा उपचार केन्द्र स्थापना

नेपाल नेत्र ज्योति सङ्घ गुल्मी, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, सेभा नेपाल र रुरुक्षेत्र गाउँपालिकाको समन्वयमा रिडी बजारमा आँखा उपचार केन्द्रको सेवा शुभारम्भ गरिएको हो । सेवा शुभारम्भ गर्नुहुँदै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली नागरिकहरूलाई भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्य अनुरूप यहाँ आँखा उपचार केन्द्र स्थापना गरिएको बताउनुभयो । आँखा सम्बन्धी रोगका धेरै बिरामीहरू लाभान्वित हुने भन्दै उहाँले आँखाको उपचार गराउन टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । नागरिकलाई चौबीसै घण्टा आँखा उपचार सम्बन्धी विभिन्न सेवाहरू केन्द्रबाट उपलब्ध गराइने उहाँको भनाइ छ । स्थापना गरिएको…

स्वास्थ्य प्रणाली र उठाउनु पर्ने बिषयमा स्वास्थ्य पत्रकारहरुलाई प्रशिक्षण

स्वास्थ्यसमाचार/ संविधानको धारा ३५ मा नागरिकको स्वास्थ्य सम्वन्धी हकको विषय स्पष्टसँग उल्लेख गरिएको छ । तर, त्यहि हक कार्यान्वयनका लागि बनाइएका कतिपय नीतिगत व्यवस्थाको राम्ररी कार्यान्वयन हुन सकेको छैन । नीतिगत व्यवस्था मात्रै होइन नेपालले दीगो विकास लक्ष्य हासिलका लागि तय गरिएका स्वास्थ्य सम्वन्धी अन्तराष्ट्रिय प्रतिवद्धता जनाउँदै आएको छ । तर, त्यसरी गरिएका कतिपय प्रतिवद्धता हरु लक्ष्यमा पुग्न सकेका छैनन् । किन यस्तो भइरहेको छ ? अहिले अवस्था के छ ? यसका लागि मिडियाको भूमिका के हुन सक्छ ? विज्ञहरुले गत शुक्रबार र शनिबार स्वास्थ्य बिटमा कलम चलाउने क्रियाशिल पत्रकारहरुलाई…

रुपन्देहीका ७० हजार वालवालिका लाई आईपीभी खोप लगाइने

स्वास्थ्यसमाचार/रुपन्देहीमा जेठ १३ गतेदेखि बालबालिकालाई पोलियोविरुद्धको आईपी भी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत करिब ७० हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । कार्यालयका अनुसार दुई चरणमा सञ्चालन हुने खोप अभियान अन्तर्गत जिल्लाका ६९ हजार ७ सय ६३ जना बालबालिकालाई आईपी भी खोप लगाइनेछ । २०७३ देखि २०७५ सम्म जन्मेका र उक्त अवधिमा नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई यो खोप लगाउने तयारी गरिएको हो । नेपालमा २०७३ जेष्ठ देखि २०७५ भाद्रसम्म आईपिभी खोपको अभाव भएको थियो । रुपन्देहीमा जेठ १३ देखि २३ गतेसम्म…