प्रदेश ५ सभा :अस्पतालमा दरबन्दी स्तरवृद्धि र स्वास्थ्यको ग्यारेन्टी गर्न माग

स्वास्थ्यसमाचार प्रदेश नम्वर ५ को प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरुले स्वास्थ्यको बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै सदस्यहरुले स्वास्थ्य प्रदेश ५ सरकारको ध्यानाकर्षण गराएका हुन ।प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीले नेपालको संबिधानले आम जनताको स्वास्थ्य सेवाको ज्ञारेन्टी गरे पनि व्यवहारमा लागु हुन नसकेको भन्दै जनतालाई सहज रुपमा स्वास्थ्य सेवामा उपलब्ध गराउने व्यवस्था गर्न माग गरे । स्वास्थ्य संस्थाहरुमा दरवन्दि अनुरुपको चिकित्सक नहुँदा जनताले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न नसकेको भन्दै उनले तत्काल दरवन्दि अनुसारको चिकित्सक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । प्रदेशसभा…

स्तरबद्धि र बढुवा नरोक्न स्वास्थ्यकर्मीका दश संस्थाले बुझाए स्वास्थ्य सचिवलाई संयुक्त ज्ञापनपत्र

स्वास्थ्यसमाचार/ समायोजन र सामान्य प्रशासन मन्त्रालयलाई कारण देखाउँदै आफूहरुको नियमित रुपमा हुनुपर्ने स्वास्थ्यकर्मीहरुले समायोजनको नाममा गतवर्ष देखि रोकिएको स्तरबृद्धि, पदनाम, जेष्ठता कायम तथा बढुवा सम्वन्धी कार्यहरु तत्काल प्रारम्भ गर्न स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । स्वास्थ्यका ट्रेड युनियन तथा पेशागत संगठन गरी १० वटा संस्थाका प्रतिनिधिहरुले आज स्वास्थ्य सचिव रामप्रसाद थपलियालाई भेटेर ध्यानाकर्षण गराएका हुन् । सो अवसरमा उनीहरुले आफ्ना ४ बुँदे माग समेटिएको ज्ञापन पत्र समेत सचिव थपलियालाई हस्तान्तरण गरेका छन् ।स्वास्थ्य सेवा ऐनमै साउन र माघमा स्तरबृद्धि गर्ने उल्लेख छ । तर गतवर्ष पुसमा समायोजन हुने भनेर रोकियो…

अर्घाखाँचीको पाणिनि बहुमुखी क्याम्पसमा हेल्थ डेक्स संञ्चालन

स्वास्थ्यसमाचार/ अर्घाखाँची जिल्लाको पाणिनि बहुमुखी क्याम्पसमा हेल्थ डेक्स संचालन गरिएको छ।क्याम्पसका स्ववियु सभापति लक्ष्मण खड्का लगायत सम्पूर्ण स्ववियुको पहलमा हेल्थ डेक्स संञ्चालनमा ल्याईएको हो । क्याम्पसमा अध्यनरत बिद्यार्थीहरुले हेल्थ डेक्स आबश्यक भएको भन्दै माग गरेपछि स्वबियुको पहलमा कार्यक्रम सुरु गरिएको हो । हेल्थ डेक्स संयोजक तथा सह याक क्याम्पस प्रमुख दोण प्रसाद भुसाल तथा जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीको सहयोगमा स्वास्थ्यकर्मी हेल्थ असिष्टेन्ट सिद्धार्थ आचार्य र विजय बरालद्वारा क्याम्पसका उप प्रध्यापक बाबुराम शर्मालाई सुगर सहितको चेक अफ गरी पाणिनी बहुमुखी क्याम्पसकै इतिहास पहिलो पटक हेल्थ डेस्क उद्घाटन गरिएको थियो । पहिलो…

गौतमबुद्ध मुटु अस्पतालले दाङको लमहीमा डायलाईसिस सेन्टर संञ्चालन गर्ने

स्वास्थ्यसमाचार/ प्युठान जिल्लाका मृगौलाको बिरामीहरु डायलाईसिस सेवा लिन बुटवल, भैरहवा, नेपालगंज जानुपर्ने बाध्यता अन्तय हुने भएको छ ।विगत १ वर्ष अगाडी लमहीमै डायलाइसिस सेवा सुरु गर्ने घोषडा गरेको बुटवल स्थीत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले ठाउको अभावमा सेवा सुरु गर्न सकेको थिएन । त्यस क्षेत्रका मृगौलाका बिरामीहरुको समस्यालाई मध्यनजर गदै लमही नगरपालिका वडा न.५ को रातो डाडामा लमही नगर बिकास समितिले डायलाइसिस सेन्टर संचालनको लागी भवन उपलब्ध गराउने निर्णय गरेपछि सेवा संचालन हुने भएको हो । डायलाईसिस सेन्टर संचालनको लागि लमही नगर बिकास समिति र बुटवल स्थीत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका…

स्वास्थ्यमा प्रदेश ५ सरकार : ७ हजार ८ सय ६५ जना जेष्ठनागरिकलाई घरमै स्वास्थ्य सेवा

स्वास्थ्य समाचार/ प्रदेश ५ सामाजीक बिकास मन्त्रालयले एक बर्षमा ८४ बर्षभन्दा बढी उमेरका, ७ हजार ८सय ६५ जना ज्येष्ठ नागरिकहरुलाई घरमै स्वास्थ्य सेवा दिइको छ । प्रदेश ५ सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय द्धारा २०७५–७६ मा भएका मुख्य उपलब्धी हरुको जानकारी गराउने उदेश्यले आयोजीत पत्रकार सम्मेलनमा प्रदेश सरकार सामाजीक बिकास मन्त्रालयद्धारा गरिएका मुख्य कामको जानकारी गराईएको हो । प्रदेशबाट संचालित आयोजना तथा सम्पूर्ण कृयाकलाकपहरुको चौमासिक तथा वार्षिक समीक्षा प्रणाली स्थापित गरिएको तथा आवश्यकता अनुसार आवधिक समीक्षा पछि आयोजीत पत्रकार सम्मेलनमा सबै मन्त्रालयका मुख्यकामको जानकारी गराएका हुन। सामाजीक बिकास मन्त्रालयले आर्थिक…

प्रदेश ५ सामाजीक बिकास मन्त्रालयले ४० जना छात्रालाई अहेब र अनमी पढाउन छात्राबृद्धि दिने

स्वास्थ्यसमाचार/प्रदेश सरकार प्रदेश नं ५ समाजीक बिकास मन्त्रालयले मुस्लीम सिमान्तकृत तथा अल्पसंख्यक समुदायका ४० जना छात्रा लाई अहेब र अनमी पढनको लागी छात्राबृद्धि उपलब्ध गराउने भएको छ । ५नं प्रदेश भित्र रहेका ४० जना मुस्लीम सिमान्तकृत तथा अल्पसंख्यक समुदायका छात्रा हरुलाई अहेब र अनमी पढाउन छात्रा वृद्धि उपलब्ध गराउने भएको हो। प्रदेश नं ५ भित्र स्थायी बसोबास गर्ने छात्राहरुले कक्षा दश टि/ एसएलसी पास गरेका छात्राहरुले सामाजीक बिकास मन्त्रालयमा सम्पर्क गर्न सुचना जारी गरेको छ । प्रदेश नं ५का समाजीक बिकास मन्त्री शुदर्शन बरालले भने मुस्लीम सिमान्तकृत तथा अल्पसंख्यक समुदायका…

रुपन्देहीमा विषालु च्याउ खाँदा १६ जना बिरामी

स्वास्थ्यसमाचार/रुपन्देहीका रोहिणी गाउँपालिका १ चनुली र सम्मरीमाई गाउँपालिका ५ थुमुवा पिपरहवामा विषालु च्याउ खाँदा दुई परिवारका १६ जना बिरामी परेका छन्। जथाभावी रुपमा उम्रिएको विषालु च्याउ खाँदा बिरामी भएका उनीहरुको भैरहवा स्थित भिम अस्पतालमा उपचार भईरहेको छ। रोहिणीको चनुलीमा नदी किनारमा उम्रिएको च्याउ खाएपछि लोहार परिवारका ७ जना र सम्मरीमाई गाउँपालिका ५ थुमुवा पिपरहवामा घर क्षेत्रमा उम्रिएको च्याउ खाएपछि हरिजन परिवारका ९ जना बिरामी परेको भीम अस्पतालले जनाएको छ । केही दिनअघि पनि रोहिणी गाउँपालिका २ मा विषालु च्याउँ खादाँ ९ जना बिरामी परेका थिए। अस्पतालमा उपचारत दुई परिवारका १६…

पृथ्वीचन्द्र अस्पताल नबलपरासीमा एम्बुलेन्स र नयाँ उपकरण सामाजिक विकास मन्त्री द्धारा सुभारम्भ

स्वास्थ्य समाचार/ प्रदेश नं. ५ को सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु सामाधान गरि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन लागी परेका वताए । पश्चिम नवलपरासीको जिल्ला पृथ्वीचन्द्र अस्पतालमा एम्बुलेन्स र नयाँ उपकरण सेवा सुभारम्भ समारोह सम्बोधन गर्दै मन्त्री बरालले स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती र समस्याहरु सामाधान गरि स्वास्थ्य उपचार सेवा प्रभावकारी बनाउन मन्त्रालयले ठोस योजना लिएकोे बताए । अस्पतालबाट संचालन हुने एम्बुलेन्स, भिडियो एक्सरे र डिजिटल एक्सरे सेवाको एक समारोह बिच मन्त्री बरालले उद्दघाटन गरे । आज देखी विरामीहरु अस्पताल ल्याउन अस्पतालको आफनै एम्बुलेन्स संचालनमा आएको छ भने…

प्रदेश ५ का सामाजिक विकास मन्त्री स्वास्थ्यकर्मी र औषधी सहितको टोली लिएर पहिरो प्रभावित क्षेत्र गुल्मीमा

स्वास्थ्यसमाचार/प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल औषधी तथा स्वास्थ्यकर्मी र बन्दोबस्तीको सामान सहितको टोली लिएर पहिरो प्रभावित क्षेत्र गुल्मी गएका छन । मन्त्री बराल सहित स्वास्थ्यकर्मी, रेडक्रस टोली,तथा गैरसरकारी संस्था सहितको टोली लिएर आवश्यक औषधी , बन्दोवस्तीका सामान लत्ताकपडा लगाएतका सामग्री लिएर घटनास्थल तर्फ गएको मन्त्रीका निजी सचिवालयले जनाएको छ । गए राति देखि परेको अविरल बर्षासंगै आएको पहिरोका कारण गुल्मीको सत्यवती गाँउपालिका वडा नं. ३ ठूलो लुम्पेक र वडा नं. ४ लिम्घामा १० जनाको मृत्यु र २ जना अझै बेपत्ता भएका छन । भने अन्य अधादर्जन…

ओमसतिया गाउँपालिकाद्वारा उत्कृष्ट महिला स्वास्थ्य स्वयसेबिकालाई सम्मान

स्वास्थ्यसमाचार/ ओमसतिया गाउपालिका रुपन्देहीले आर्थिक बर्ष २०७४र७५ मा उत्कृष्ट सेवा गरे बापत महिला स्वास्थ्यस्वयंसेविकाहरुलाई सम्मान गरेको छ । रुपन्देहीमा आयोजित सम्मान कार्यक्रममा राम्रो काम गरे बापत विभिन्न सस्था अन्तर्गतका १० जना महिला स्वास्थ्य स्वम सेविका लाई सम्मान गरेको छ । नेपालको दुरदराजमा स्वास्थ्यकर्मी पुग्न नसकेको ठाउँमा पनि स्वमसेविकाले स्वास्थ्य स्थिति सुधारमा महत्वपूर्ण योगदान दिएका छन ।महिला स्वास्थ्य स्वयसेविका कार्यक्रम स्वास्थ्य मन्त्रालयले आ।व २०४५र४६ मा २८ वटा जिल्ला बाट सुरु गर्दै ७७ ओटै जिल्लामा लागू गरेको छ । कुनै सेवा सुबिधा बिना स्वयसेवक रुपमा अहोरात्र खटिने गरेका महिला स्वास्थ्य स्वमसेविका स्वास्थ्यको…