रुपन्देहीमा जेठ १३ सम्म निषेधाज्ञा लम्बियो

स्वास्थ्यसमाचार /कोरोना संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा जेठ १३ गतेसम्म निषेधाज्ञाको अवधि बढाएको छ ।

जिल्लामा अहिलेपनि कोरोनाको प्रभाव बढ्दो रहेको बताउँदै आज बसेको डिसीसीएमसीको बैठकले निषेधाज्ञा बढाउने सिफारिस गरेअनुसार निषेधाज्ञा थप भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए ।

 

 

त्यस्तै पराम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, साँस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघटमा पनि प्रशासनले रोक लगाएको छ ।शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्युसन सेन्टर लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न तथा होटल, रेष्टुरेन्ट सञ्चालन गर्न रोक लगाइएको छ ।

अतिआवश्कीय सामग्रीहरु खाद्यान्न, ग्याँस, तरकारी, फलफुल र दुध लगायत दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको लागि उद्योग बाणिज्य संघ र ब्यापार संगठनले ब्यवस्था मिलाउने र यस्ता वस्तुहरुको कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरुलाई कार्यवाही गरिने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

थापाले यो अवधिमा शान्ति सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला, ब्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधनजस्ता अतिआवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।

यस्तै जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ । कुनै पनि भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरिएको छ ।

सबै प्रकारका सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टर स्टोर, सपिङ्ग मल, ब्यूटिपार्लर र स्विमिङ्ग पुल, स्पा, संग्रहालाय, पुस्तकालाय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाइएको छ ।

यसअघि जिल्ला स्तरीय कोभिड(१९ स‌कट व्यवस्थापन केन्द्र डीसीसीएमसी] र जिल्ला सुरक्षा समितिको बैठकले बैशाख ३० गते बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।

सम्बन्धित शिर्षक :