सम्मरीमाई गाउँपालिकामा प्रत्येक घरलाई निसंक्रमित गरिदै

रीमा बि.सी
स्वास्थ्यसमाचार / कारोना संक्रमणको जोखिमबढदै गएपछिसम्मरीमाई गाउँपालिकाकाप्रत्येक घरलाई निसंक्रमितगर्ने अभियानसुरु गरिएको छ ।

जिल्लाको अहिलेसम्म सबैभन्दाकम संक्रमितभएको सम्मरीमाई गाउँपालिकाकाप्रत्येक घरमागाउँपालिकाका सातै वटावडाका७हजार ६ सय घरघुरीमास्प्रे टंकी र सोडियमहाइपोक्लोराइड५ प्रतिशतप्रत्येक घरमा स्प्रे गर्नकालागि ४२ जनाको टोलीखटाएको गाउँपालिकाकाअध्यक्षजितेन्द्रनाथ (बब्लु) शुक्लाले फोन मार्फत इन्सेककर्मीलाई बताउनुभयो ।

कोरोना संक्रमणको जोखिमबढिरहेका बेलागाउँपालिकालाई नै सेनेटाईज गर्ने उद्देश्यले गाउँपालिकाले आन्तरिक बजेटबाट योकार्यको सुरुवात गरेको गाउँपालिकावासीलाई कोभिडको प्रभावबाटजोगाउननिसंक्रमण सुरु गरिएको अध्यक्षशुक्लाले बताउनुभयो ।

शुक्लाले भन्नुभयो“प्रत्येक वडामा ६ जनाको टोलीबनाई उनीहरुलाई सम्बन्धितवडाको स्वास्थ्यचौकीको ईन्चार्जको नेतृत्वमाप्रत्येक घरमा पु¥याईने यसरी पुगेको टोलीले निसंक्रमणगर्ने मात्रनभई कोभिडबाटजोगिन बिभिन्न सचेतनामूलक सन्देश पनिप्रवाहगर्ने बताउनुभयो ।

खुल्ला सीमा रहेको कारण सम्मरीमाई कोरोना संक्रमणको जोखिममा रहेको बताउदै शुक्लाले यसले संक्रमण रोक्न केहीराहतहुने भन्दै प्रत्येक १५÷१५ दिनमा यसरी सबै घरमापुगेर औषधीछर्किने बताउनुभयो । योअभियान सकिन ५,६दिनलाग्ने र यस लगत्तै जिल्ला स्वास्थ्यकार्यालयलाई आग्रहगरि लामखुट्टे जन्य रोगबाटजोगिन समेत औषधीछर्किने योजना रहेको शुक्लाले बताउनुभयो ।

कोरोनाको संक्रमणको दोस्रो चरणमाअहिलेसम्मगाउँपालिकामा १८ जनामात्र सक्रिय संक्रमित रहेको र उनीहरु सबैको होम आईसोलेसनमाउपचार भइ रहेको गाउँपालिकाका स्वास्थ्य संयोजकमुन्सी प्रसादमाझीले फोन मार्फत इन्सेक कर्मीलाई बताउनुभयो ।

 

सम्बन्धित शिर्षक :