रुपन्देहीमा ९ सय ७ नयाँ संक्रमित, ४सय १९ डिस्चार्ज, १६ को मृत्यु

स्वास्थ्यसमाचार /रुपन्देहीमा पछिल्लो २४ घन्टामा ९सय ७ जना कोरोना संक्रमित थपिएका छन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार आज अहिले सम्मकै बढी संक्रमित थपिएको जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार बुटवल उपमहानगरमा सबैभन्दा बढी ३सय ९५जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरि तिलोत्तमामा १सय ७१ जना, सिद्धार्थनगर १सय२ जना, देवदहमा ८७ जना, सैनामैनामा ५९ जना, रोहिणीमा २१ जना, ओमसतियामा १४ र सुद्धोधन र ओमसतियामा मा १३/१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गैडहवा र मायादेबीमा ९/९ जना, सियारीमा ५ जना, कोटहिमाईमा ३ जना, लुम्बिनी साँस्कृतिक नगरपालिकामा २ जना र मर्चवारीमा १ जना कोरोना संक्रमित थपिएको डा गिरीले बताए ।रुपन्देहीमा आज ४१९ जना कोरोना मुक्त भएका छन् भने जिल्लामा मृत्यु हुनेको संख्या ३सय९ पुगेको छ ।

सम्बन्धित शिर्षक :