रुपन्देहीमा ५ सय ४ नयाँ संक्रमित, ४सय ३८ डिस्चार्ज, ११ को मृत्यु

स्वाथ्यसमाचार/ रुपन्देहीमा आज ५सय ४ जना कोरोना संक्रमिति थपिएका छन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार कोरोना संक्रमिति थपिने क्रमकमी रहेपनि मृत्युदर बढेको जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार आज ५सय ४ कोरोना संक्रमित थपिएको वताए । गिरीका अनुसार बुटवल उपमहानगरमा २सय ६० नयाँ संक्रमित थपिए भने तिलोत्तमामा ७९ जना, ओमसतियामा ५० जना, सिद्धार्थनगरमा ३१ जना देवदहमा २४सैनामैनामा २४ जना संक्रमित थपिएका छन् ।

त्यसैगरि कञ्चनमा १० जना, सियारीमा ९ जना, सुद्धोधनमा ८ जना, गैडहवा र रोहिणीमा ३–३ जना तथा मर्चवारी र लुम्बिनी साँस्कृतिक नगरमा १।१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भने आज ११ जनाको मृत्यु भएको छ भने रुपन्देहीमा ४सय ३८ जना कोरोना मुक्त भएको डा गिरीले बताए ।

सम्बन्धित शिर्षक :