लुम्बिनी प्रादेशिक अस्पतालमा पिसीआर शुल्क घट्यो

अब एकहजार रुपैयाँमै पिसीआर परिक्षण हुने

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले कोरोना बिरामीका लागी परिक्षण गरिने पिसीआर शुल्क घटाएको छ । सरकारले १ हजार शुल्कमा पिसीआर गर्ने भनेपनि लुम्बिनी प्रादेशिक अस्पतालले २ हजार शुल्क लिने गरेको थियो ।

अस्पतालले आफै बिभिन्न कारण देखाउदै शुल्क घटाएको थिएन । हिजोमात्र लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालको निर्देशन पछि शुल्क घटाएर एकहजार बनाएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका नासु श्रीराम पान्डेका अनुसार आजदेखी एकहजार रुपैयाँमा पिसीआर परिक्षण हुने बताए ।

सम्बन्धित शिर्षक :