वीर अस्पतालको निर्देशकमा डा.सन्तोष पौडेललाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

स्वास्थ्यसमाचार/वीर अस्पतालका कार्यकारी निर्देशक डा सन्तोष पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा अन्तरिम आदेश दिएको हो । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गत मंसिर १५ मा वीर अस्पतालका कार्यकारी निर्देशकबाट डा पौडेललाई पदबाट हटाउने निर्णय गरेका थिए । मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री बस्नेतले निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी पौडेललाई मन्त्रालयमा हाजिर हुन भन्दै पत्र पठाएका थिए ।

रुकुम पश्चिम र जाजरकोटमा दादुरा रुबेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने

स्वास्थ्यसमाचार/रुकुम पश्चिम र जाजरकोट जिल्लामा दादुरा रुबेला र टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिम जिल्लामा पुस ५ देखि १४ गतेसम्म छ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप र १६ वर्षदेखि ४५ वर्षसम्मका सबै व्यक्तिहरूलाई टाइफाइडविरुद्धको टि।सि।भी खोप अभियान सञ्चालन हुन लागेको हो । खोप अभियानमा दिइने दादुरा रुबेला खोप थप मात्रा भएकाले पहिला जति पटक लगाएको भए पनि यस अभियानमा अनिवार्य रुपमा एक मात्रा दादुरा रुबेला खोप लगाउनु मन्त्रालयको आग्रह छ । सोही अभियानमा नियमित…

रुपन्देहीका स्थानीय तहले सुधार्दै स्वास्थ्य क्षेत्रको अवस्था

स्वास्थ्यसमाचार/स्वास्थ्य निर्देशनालय लुम्बिनीका निमित्त निर्देशक रामजनम कुर्मीले स्वास्थ्य क्षेत्रमा स्थानिय तहको योगदान राम्रो रहेको बताउनु भयो। उहाँले पालिकामा हेल्थपोष्ट बर्थिङ केको आबश्यक हो त्यसलाई बुझेर लगाउन बढाउन आग्रह गर्नु भयो। बुटबलमा रुपन्देहीका स्थानिय तहका उपप्रमुख/उपाध्यक्षहरूका लागी नेतृत्व बिकास तथा क्षमता अभिवृद्धि पुनर्ताजगी कार्यशाला गोष्ठी मा यस्तो बताउनु भएको हो।उहाँले लुम्बिनी प्रदेश सात प्रदेशमै मात्रृमुत्युदर बढी रहेको छ यसलाई हटाउन सबै पालिकाको स्वास्थ्य अबस्था सुधार्ने पर्ने बर्थिङ सेन्टर नभएका ठाउंमा आवश्यकता अनुसार बढाउन समेत आग्रह गर्नु भयो। उहाँले पालिकाले बिषेश कार्यक्रम ल्याएपनि स्थानिय सेवाग्राही लाई थाह हुने तरीकाले प्रचार पसारसक गर्नु…

स्वास्थ्य समस्या र भ्रमहरु :डा. शम्भु खनाल

  स्वास्थ्य चेतना समाजको दर्पण हो, राज्यको सफलताको सूचक हो । स्वास्थ्य सम्बन्धी सहि विचार र चेतनाले स्वास्थ्य समस्याको निराकरण गर्न उल्लेखनीय भुमिका निर्वाह गर्छ । भ्रमको खेतीले रोग छिप्पिने, ढिला उपचार हुने र आर्थिक भार बढ्ने हुनाले केही स्वास्थ्यका समस्या र सो सम्बन्धी हाम्रो समाजमा व्याप्त भ्रमहरूलाई चिर्ने प्रयास गर्नु आवश्यकता हो । के मोटोपन रोग हो त ? मोटोपन एक्काइसौं शताब्दीको एउटा महामारीजस्तै हो । ” कस्तो खाइलाग्दो बच्चा रहेछ । “हाकिमजस्तै देखिएछ ” ” पेट नलागे कहाँ पत्याउँछन् त !” यस्ता वाक्यहरूले मोटोपनलाई प्रतिष्ठित बनाउने गरेको पाइन्छ…

लुम्बिनी आयुर्वेद चिकित्सालय द्धारा सियारीमा निःशुल्क स्वास्थ्य परिक्षण र औषधी वितरण

स्वास्थ्यसमाचार /लुम्बिनी आयुर्बेद चिकित्सालय बुटबलको आयोजना सियारी गाउँपालिकाको समन्यमा समुदाय स्तरमा स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ। सियारी गाउँपालिका वडा नं ३मा भएको स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम १०२ स्थानियहरूको निःशुल्क स्वास्थ्य परिक्षण र आयुर्वेद औषधीहरू निःशुल्क वितरण गरिएको चिकित्सालयले जनाएको छ। चिकित्सालयका प्रमुख डा. प्रवेश श्रीवास्तवको अध्यक्षता एवं गाउँपालिका प्रमुख थानेश्वर घिमिरेको प्रमुख आतिथ्यमा समुदाय स्तरमा स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा स्थानियको स्वास्थ्य परिक्षण गरी स्वस्थ जीवनशैली परामर्शका साथसाथै आयुर्वेद औषधीहरू निःशुल्क वितरण गरिएको चिकित्सालयका बरिष्ठ कबिराज गणेश सापकोटाल बताउनु भयो। उक्त कार्यक्रममा चिकित्सालयका अन्य…

अस्पताल तथा स्वास्थ्य केन्द्रसहित सरकारले तोक्यो २५ हड्ताल निषेधित क्षेत्र

स्वास्थ्यसमाचार/सरकारले राजपत्रमा सूचना प्रकाशन गर्दै अस्पताल तथा स्वास्थ्य केन्द्रसहित २५ हड्ताल निषेधित क्षेत्र तोकेको छ।गृहमन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार हडताल निषेधित क्षेत्र तय गरिएको जनाएको हो। राजतन्त्रमा प्रकाशित सूचनामा अस्पताल तथा स्वास्थ्य केन्द्र संचालासम्बन्धी सेवा(एम्बुलेन्स जस्ता सेवाहरु)मा हडताल निषेधित क्षेत्र तोकेको छ। यस्तै मास्क तथा सेनिटाइजरसम्बन्धी सेवामा पनि हड्ताल गर्न नाइने भएको छ। यसैगरी डाँक तार टेलिफोन सेवा, जल स्थल वा हवाइमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा वा हवाइ जहाजको देखभाल, त्यसको सञ्चालन र मर्ममत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न नपाइने उल्लेख छ।

धनगढीमा विवाद भएपछि डा केसी अनशन बस्न सकेनन्

स्वास्थ्यसमाचार/चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी कैलालीको गेटामा अनशन नबसेरै फर्किनु भएको छ । शुक्रबार बेलुकी ५ बजेदेखि तीन दिन अनशनमा बस्ने घोषणा गर्नुभएको डा.केसी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिसँगको वादविवाद पछि अनशन नगरी फर्किनुभएको हो । डा.केसीले शुक्रबार दिउँसो सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने माग राखिएको थियो । डा. केसीको उक्त माग अव्यवहारिक भएको भन्दै संर्घष समितिले स्पष्टीकरण मागेपछि केसी रिसाएर फर्किनु भएको छ । सरकारले गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने मन्त्रिपरिषद्बाबाट निर्णय गरेर राष्ट्रिय सभामा…

सेनेटरी प्याड गुणस्तरीय नभएको भन्दै अखिल क्रान्तिकारीद्वारा बर्दघाट नगरपालिका घेराउ

स्वास्थ्यसमाचार/मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले  बर्दघाट नगरपालिका घेराउ गरेको छ । बर्दघाट नगरपालिकाले खरिद गरि सामुदायिक विद्यालयमा पठाएको सेनेटरी प्याड गुणस्तर युक्त नभएको भन्दै आवज उठिरहँदा नगर गुणस्तर युक्त छन् भन्दै तर्क पेस गरिरहेको थियो । नगरले नै गुणस्तर युक्त छ भनेको सेनेटरी प्याडमा गुणस्तर नभएको आवाज उठेपछि नगरले केहि विद्यालयमा पठाएको सेनेटरी प्याड फिर्ता गरेको छ । प्याड फिर्ता भएपछि प्याडको खरिदमा भ्रष्टाचार भएको भन्दै अखिल क्रान्तिकारीले तत्काल छानबिन गरि सत्यतथ्य पत्ता लगाउनु पर्ने माग गरेको छ । ’सेनेटरी प्याड खरिदमा संलग्न…

बिरामी, आफन्त तथा अस्पतालको सम्बन्ध बलियो बनाउन लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चार विभाग उद्घाटन

स्वास्थ्यसमाचार/बुटवलको ऐतिहासिक लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तरबैयक्तिक सञ्चार बिभाग उद्घाटन गरिएको छ। अस्पतालबाट सेवा लिने र लिएर फर्किनेहरुमा नकारात्मक सन्देश गएकोले बास्तविकता जानकारी गराउने उद्देशले बिभाग उद्घाटन गरिएको हो। ब्लक डि को तेस्रो तल्ला क्याबिनको साईडमा राखिएको बिभागको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकि नर्सिङ बिभाग प्रमुख ज्योती पौडेलले गरिन।बिभागको फोकल पर्सन क्याबिन ईन्चार्ज माधुरी ज्ञवालीलाई तोकिएको छ। उद्घाटन पश्चात् आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले बिरामी र अस्पताल बिच हुने द्वन्द ब्यवस्थापन गर्ने उद्देशका साथ विभाग उद्घाटन गरिएको बताए। उनले बिरामी र अस्पताल बिचको खाडल पूर्न…

लुम्बिनी प्रदेशका निजामती महिला कर्मचारीले महिनावारी बिदा पाउने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स) बिदा पाउने भएका छन् । प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले ’महिनावारी बिदा’को व्यवस्था गरेको हो । प्रदेश निजामतीको सेवा ऐन गत असार २२ गते प्रदेश सभामा दर्ता भएको थियो । दर्ता भएको विधेयक दफावार छलफल भइ भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । प्रदेश निजामती सेवा ऐनको दफा ११७ को (१) (ग) मा यस्तो बिदाको व्यवस्था गरिएको छ । महिला कर्मचारीलाई यसअघि प्रसुति बिदा…